२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा

२०७८ चैत्र १२, शनिबार प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या

मोहन पौडेल
परासी,१२ चैत – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि रामग्राम बालमैत्री नगर बनेको हो ।
बालमैत्री नगर घोषणा भएको रामग्राम जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले आज परासीमा आयोजित समाारोहमा रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नुभयो । बालमैत्री नगर घोषणासँगै यसको दीगोपना र निरन्तरताका लागि सबै सरोकार पक्ष लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले विकासका एजेन्डामा प्रतिपक्षी दलसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । सङ्घीयताको भावना अनुसार प्रदेश सरकार अघि बढीरहेको मुख्यमन्त्री केसीले दाबी गर्नुभयो । उहाँले यस प्रदेशका केही जिल्ला विपद्को उच्च जोखिममा रहेकोले प्रदेश सरकारले पूर्व तयारी थालिसकेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले पूर्वाग्रह नराखी अघिल्लो सरकारले बनाएका विकास योजना कटौती नगर्न आग्रह गर्नुभएको थियो । नगर प्रमुख नरेन्द्र गुप्ताले बालबालिकाको सर्वाेत्तम हित, सर्वाङ्गीण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भई बालअधिकारको सम्मान, संरक्षण, र सम्वद्र्धन बालमैत्री नगर घोषणा गरिएको र बालअधिकार सुरक्षित भएको बताउनुभयो । बालश्रम,शोषणबाट मुक्त गर्दै सबै बालबालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
“अहिले बालबालिका भएपनि उनीहरु भोली यो मुलुकको निर्माणकर्ता,कर्णधार हुन, अहिले हामीले उचित शिक्षा दीक्षा,संरक्षण र विकास गर्दै बालबालिकामा लगानी गर्न सके असल नागरिक उत्पादन हुन्छन्,बालबालिकाको लगानी खेर जाँदैन्”, उहाँले भन्नुभयो ।
अभियान शुरुवातको समयमा बालबालिकालाई विद्यालय पठाउन नखोज्ने, बाल श्रमिकको रुपमा प्रयोग गर्ने जस्ता चुनौती रहेको भन्दै सबै पक्ष मिलेर व्यवस्थापन गर्न सकिएको नगर प्रमुख गुप्ताले बताउनुभयो । बालबालिकालाई प्रोत्साहन गर्र्दै अघि बढाउन शिक्षा, पोषण,स्वास्थ्य, खेलकुद क्षेत्रमा प्राथमिकता दिएर नगरपालिकाले बजेट विनियोजन गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।
बालबालिका निर्णय प्रक्रियामा पनि सहभागि हुन थालेको बताउँदै उहाँले योजना छनौट समिति, स्थानीय स्वास्थ्य व्यवस्थापन समिति,विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिनुभयो ।
बालमैत्री नगरको दीगोपनाका लागि पाँच वर्षीय रणनीतिक योजना बनाई कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो । नगरपालिकाले प्रत्येक वडाका बालबालिकाको वस्तुगत प्रोफाईल बनाएको छ भने बाल संरक्षण नीति तथा कार्ययोजना २०७७ निर्माण गरी कार्यान्वयन गरेको छ ।
नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीका अनुसार १८ वडा रहेको रामग्राम नगरपालिका अन्र्तगत विद्यालय र टोल तहमा १०२ बाल क्लव क्रियाशील छन् भने वडा तहमा १८ वटा वडा स्तरीय र एक नगर बाल सञ्जाल सक्रिय रहेको छ । ६४ हजार १५० जनसङ्ख्या रहेको रामग्राम नगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या बीस हजार ८२६ रहेको छ ।
निर्देशिकाले तोके बमोजिम बालबालिकाका चार क्षेत्र बाल बचाउ,बाल संरक्षण, बाल विकास र बाल सहभागिता अन्र्तगतका सूचकहरुमा न्यूनतम ८० प्रतिशतदेखि सत प्रतिशतसम्म प्रगति सूचक पूरा भएका नगर शिक्षा अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
बाल बचाउका १४ सूचकहरु प्राप्तिका लागि विशेषगरी सुनौलो हजार दिनसम्मका आमाहरुलाई सुरक्षित मातृत्व,पोषिलो खानपान, पूर्ण स्तनपान, बालबालिकाको मष्तिष्क विकासमा ध्यान दिनुपर्ने विषयमा सचेतना, सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण, आयोडिन युक्त नुनको प्रयोग, पानी शुद्धिकरण विधि,सरसफाइ सम्बन्धी सचेतना लगयातका कार्य गरिएकोा नगर उपप्रमुख रम्भा कुंवरले बताउानुभयो ।
बाल संरक्षणका दश सूचक प्राप्तिका लािग बाल संरक्षण नीति तथा कार्ययोजना तयार, जन्मदर्ता अभियान सञ्चालन र सचेतना, बालश्रम अनुगमन र पुनःउत्थान,बालविवाह न्यूनीकरणका लागि सचेतना, बालबालिका विरुद्ध हुने हिङ्सा, शोषण, दुव्र्यवहार, लागूपदार्थ दुव्र्यसनी विरुद्ध सचेतना र अनुगमन गरिएको थियो भने शिक्षासँग सम्बन्धित बाल विकासका छ सूचक प्राप्ति गर्न विद्यालय भर्ना अभियान प्रभावकारी सञ्चालन,विद्यालय बाहिर रहेका र विचमै कक्षा छाड्ने बालबालिकालाई पुनः विद्यालयको पहुँचमा पुर्याउने, विद्यालयहरुमा बालमैत्री पूर्वाधारहरु निर्माण गर्ने लगायतका कार्य गरिएको कुंवरले बताउनुभयो ।
बाल सहभागितका छ सूचक प्राप्तिका लागि बालभेलामार्फत आएका योजनाहरु नगर विकास योजनामा समावेश गर्ने, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति, योजना छनौट समितिमा बालसहभागिता सुनिश्चित गरिएको छ ।
निर्देशिका अनुुसार ५१ मध्ये ३८ सूचकमा सत प्रतिशत,छ वटा सूचकमा ९५ प्रतिशत,छ वटा सूचक ८० प्रतिशत र एउटा सूचकमा ९० प्र्रतिशत नतिजा पूरा गरेपछि बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने प्रावधान रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस