२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चैत भित्र हतियार बुझाउन नवलपरासी प्रशासनको आग्रह

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित ( साल अघि) ७३० पाठक संख्या

परासी, ११ चैत । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आज एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गर्नुभएको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको प्रजिअ पोखरेलको भनाई छ । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भई जाने समेत उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस