२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकालाई चैत १२ गते बालमैत्री नगर घोषणा गरिँदै

२०७८ चैत्र ९, बुधबार प्रकाशित ( साल अघि) १०६१ पाठक संख्या

मोहन पौडेल
परासी, ९ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । आगामी शनिबार चैत्र १२ गते परासीमा हुने विशेष समारोहमा जिल्लाका सात स्थानीय मध्ये मध्ये दोस्रो बालमैत्री नगरको रुपमा रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।
आदर्श माविमा हुने समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले रामग्रामलाई बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम तय भएको रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो । घोषणाको लागि आवश्यक पूर्व तयारी तीव्र रुपमा भईरहेको उहाँले बताउनुभयो ।
बालमैत्री नगर घोषणाका लागि तोकिएका ५१ वटा सूचकहरु पूरा भएको नगर प्रमुख गुप्ताले बताउनुभयो । बालमैत्री नगर घोषणाका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तीव्र पारिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लास्थित संघीय र प्रदेश सांसद, राजनीतिक दल, जनप्रतिनिधि, नगरवासी सवैलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
५१ सूचक मध्ये ३८ वटा सूचकमा सत प्रतिशत उपलव्धि हासिल गर्नुपर्ने हुन्छ । त्यस्तै, छवटा सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र छवटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ । त्यसपछि सत प्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतिजा हासिल भएका सूचकलाई सत प्रतिशतमा पु¥याउने प्रतिबद्धतासहितको पञ्चवर्षीय रणनीतिक योजना र प्रतिबद्धता गरिएको नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
बालमैत्री स्थानीय शासनका न्यूनतम सेवा सूचकहरू बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई अनिवार्य पालना गरेको हुनुपर्ने प्रावधान छ । असल नागरिक उत्पादन गर्न जनप्रतिनिधि, कर्मचारी, बालसंजाल प्रतिबद्ध रहेको रेग्मीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस