२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सञ्चारिका समूह पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

२०७८ चैत्र ४, शुक्रबार प्रकाशित ( साल अघि) ८८४ पाठक संख्या

परासी, ४ चैत । महिला सञ्चारकर्मीहरुको छाता संगठन सञ्चारिका समूह नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा नयाँ नेतृत्व चयन भएको छ ।
बर्दघाटमा बिहीवार भएको समुहकाे जिल्ला भेलाले शान्ति बिककाे अध्यक्षतामा ७ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत चयन गरेकाे हाे ।
नवगठित समूहको उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मि अर्याल, सहसचिवमा सम्झना भण्डारी र सदस्यहरुमा निलम केसी, डाेल कुमारी चाैधरी रहनु भएको छ ।
समूहले जिल्लामा पत्रकार महिलाको क्रियाशीलता थप बढाउँदै उनीहरुको क्षमता वृद्धि, महिला पत्रकारको संख्या तथा गुणस्तर वृद्धिका लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष बिकले दैनिक ट्वान्टिफोर खबरलाई बताउनुभयाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%१%

प्रतिक्रिया दिनुहोस