२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

स्वास्थ्य सेवा व्यवस्थापक संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संंयोजकमा अधिकारी

२०७८ फागुन २८, शनिबार प्रकाशित ( साल अघि) ११६७ पाठक संख्या

परासी, २८ फागुन । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारी नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न प्रथम अधिवेशनबाट अधिकारी केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशको संयोजकमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनले महेन्द्र भुसालको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । समितिमा सातै प्रदेशबाट एक एक जनाको दरले सात जना उपाध्यक्ष निर्वाचित भएका छन् । संघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक अधिकारीले लुम्बिनी प्रदेशका अस्पताल व्यवस्थापकहरुको पक्षमा वकालत गर्ने बताउनुभएको छ । अधिकारी रामनगर सामुदायिक अस्पताल भूमहीमा पनि आबद्ध हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस