२०८३ बैशाख १२, शनिबार
24 खबर अपडेट

परासी मालपोतमा जिल्ला प्रशासनको छड्के, विचौलियालाई नियन्त्रणमा लिएर छाडियो

२०७८ फागुन २६, बिहिबार प्रकाशित ( साल अघि) १८२३ पाठक संख्या

मोहन पौडेल
परासी, २६ फागुन । भूमिसुधार तथा मालपोत कार्यालय परासीमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय परासीले आज मालपोत कार्यालयको छड्के अनुगमन गरेको हो ।
मालपोत कार्यालयमा काममा ढिलासुस्ती हुने, अनावश्यक रकम माग्ने, कर्मचारी कार्यालय समयमा नआउने लगायतका गुनासा आएपछि जिल्ला प्रशासनले आज अचानक छड्के गरेको हो ।
छड्के अनुगमनको क्रममा चार जना कर्मचारी बाहिरी पोशाकमा रहेको भेटिएको थियो भने कार्यालय प्रमुखको अनुमति विना लेखापढी व्यवसायीहरु विभिन्न फाँटमा छिरी काम गराई रहेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा गएको छड्के अनुगमन टोलीले विचौलियाको काम गर्ने पाँच जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाडेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%५%२%२%

प्रतिक्रिया दिनुहोस