२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रेडक्रस जिल्ला शाखाको साधारणसभा,विपद् व्यवस्थापन र मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय-अध्यक्ष गुप्ता

२०७८ फागुन २६, बिहिबार प्रकाशित ( साल अघि) ८५१ पाठक संख्या

मोहन पौडेल
परासी,२६ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको चौँथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। रेडक्रस कुश्मा उपशाखाको आतिथ्यमा आज पाल्हीनन्दन गाउँपालिकामा जिल्ला शाखाको साधारणसभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ भने आगामी कार्यक्रम तथा बजेट पनि पारित गरेको छ ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले विपद् जोखिम न्यूनीकरण र मानवीय सेवामा रेडक्रसले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले मानवीय सेवा निःस्वार्थ हुनुपर्नेमा जोड दिनुभयो ।
कोरोना महामारी नियन्त्रण तथा अन्य विपद्को समयमा रेडक्रसले गरेको रचानात्मक कार्य प्रशंसनीय रहेको उहाँको भनाई थियो । रेडक्रसलाई प्रभावकारी बनाउन सक्दो सहयोग गर्ने बताउँदै उहाँले गाउँपालिकामा आफ्नो नेतृत्व आएसँगै विकास र समृद्धिका लािग महत्वपूर्ण कामहरु गरेको बताउनुभयो ।
रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले रेडक्रस अभियान एवं मानवीय सेवा कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि हरेक स्थानीय तह र वडालाई समेटी जिल्लामा रहेका उपशाखाहरु तथा रेडक्रस सर्कलहरुमार्फत विपद् व्यवस्थापनको क्षेत्रमा उद्धार, राहत वितरण, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवा लगायतका मानवीय सेवा कार्यमा रेडक्रस निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
रेडक्रस जिल्ला शाखाले आफ्नो उद्देश्य अनुसार आपत विपद र दुःख पीडामा व्यक्ति परिवारलाई क्षमता अनुसारको सहयोगलाई निरन्तर नियमित गर्दै आएको बताउनुभयो । रेडक्रसले आफ्ना स्वयमसेवक परिचालन गरी कोभिड १९ प्रतिकार्य योजना, बाढी नियन्त्रणको पूर्व तयारी तथा प्रतिकार्य एर्व राहत वितरण विभिन्न संघ संस्थाको सहयोगमा गरिरहेको बताउँदै अध्यक्ष अग्रहरीले रेडक्रसका स्वयमसेवक परिचालन गरी पाल्हीनन्दन र सुस्ता गाउँपालिकाका नागरिकलाई कोभिड खोप लगाउन सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामकुमार गुप्ताद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो भने रेडक्रसका विशिष्ट सदस्यहरुलाई सम्मान गरिएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ शाखा अधिकृत मुरारी प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
सभामा नेपाली कांग्रेसका जिल्ला उपसभापति विक्रम यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश सदस्य हैदर अलि मोमिन, देवगाव उपशाखा सभापति रामउग्र यादव, पञ्चनगर उपशाखा सभापति विजुला जोशी, जिल्ला उपसभापति कृष्णप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको कुश्मा उपशाखाका उपसचिव सुर्दशन खरबारले बताउनुभयो ।
पश्चिम नवलपरासीमा यशस्कर सदस्य तीन जना, विशिष्ट सदस्य ४२ जना र आजीवन पाँच हजार ४२९ जना गरी पाँच हजार ४७४ जना सदस्य रहेको जिल्ला शाखाले जनाएको छ । जिल्लामा रेडक्रसका १६ वटा उपशाखा र ४८ वटा सर्कल रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस