२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवल जेसीजद्धारा महिला प्रधानाध्यापकलाई सम्मान

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) ५७४ पाठक संख्या

परासी, २४ फागुन । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था सुनवल जेसीजले सामुदायिक विद्यालयका महिला प्रधनाध्यापकलाई सम्मान गरेको छ । ११२ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज एक कार्यक्रम गरी सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयका महिला प्रधानाध्यापकहरुलाई सम्मान गरेको सुनवल जेसीजले जनाएको छ ।
शिक्षा क्षेत्रमा महिलाको योगदानलाई कदर गर्दै शैक्षिक सुधार र नेतृत्व क्षमतामा थप हौसला बढाउन महिला प्रधानाध्यापकहरुलाई सम्मान गरिएको सुनवल जेसीज वर्ष २०२२ की अध्यक्ष जमुना थापाले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल सुनवल जेसीजकी मानार्थ सदस्य,उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य एवं नवलपरासी उद्योग वाणिज्य संघकी सचिव तारा आचार्यले शैक्षिक स्तर वृद्धिमा योगदान गर्दै आएका महिलाहरुलाई सम्मान गरेकोमा सुनवल जेसीजलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महिलाले नेतृत्व गरेर सञ्चालन गरेका संस्थाहरु अब्बल र पारदर्शी हुने गरेको बताउँदै थप प्रभावकारी कार्य गर्दै समाजमा उदाहरणीय बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा महासचिव विकास आचार्य, कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष सोमप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यबारे बताउनुभएको थियो भने सुनवल जेसीजका पूर्व अध्यक्षहरु लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस