२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लेखापढी कानून व्यवसायी एसोसियशन लुम्बिनी प्रदेशको दोस्रो भेला पाल्पामा, तयारी पूरा

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) ६३६ पाठक संख्या

परासी, २४ फागुन । लुम्बिनी प्रदेशका लेखापढी कानून व्यवसायीहरुको भेला पाल्पाको रमणीय एवं ऐतिहासिक नगरी तानसेनमा हुने भएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसियशन लुम्बिनी प्रदेशको आयोजनामा पाल्पामा दोस्रो भेला हुन लागेको हो ।
एसोसियशनको दोस्रो भेला यही फागुन २८ र २९ गते तानसनेमा आयोजना गरिएको एसोसियशनका प्रदेश सचिव अर्जुनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भेलामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट गरी करिब १०० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो ।
भेलाले एसोसियशनको प्रदेश समिति गठन गर्नुका साथै लेखापढी कानून व्यवसायीका समसामयिक समस्याहरुको विषयमा छलफल हुने बताईएको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस