२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिसन नवलपरासीको १९ औँ साधारणसभा सम्पन्न, विधान संशोधन

२०७८ फागुन २३, सोमबार प्रकाशित ( साल अघि) ५६० पाठक संख्या

मोहन पौडेल
परासी, २३ फागुन । निजी विद्यालयहरुको संस्था शैक्षिक ऐक्यवद्धताको समूह(जीसन) नवलपरासीको १९ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । रुपन्देही तिलोत्तमाको कुञ्जलापुरस्थित कुञ्ज पार्कमा सम्पन्न साधारणसभाले सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै विधान पनि संशेधन गरेको छ ।
जिसन नवलपरासीका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता तथा प्याव्सनका केन्द्रीय सचिवालय सदस्य यमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले जिसनलाई थप सदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संगठन र समग्र निजी विद्यालयको दीगोपनाका लागि प्रतिबद्ध र ईमान्नदारिताका साथ लाग्न आग्रह गर्नुभयो ।
अध्यक्ष रौनियारले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाई, प्याब्सनका पूर्व जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग,सल्लाहकार कृष्णप्रसाद आचार्य, भगवन्त प्रसाद धवल, पुस्तक व्यवसायी रामकृष्ण चापागाइ, हरि अर्याल,जिसका वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ्ग,उपाध्यक्ष थमन शेरचन,लेखा संयोजक विनिराम भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको जिसनका सचिव दीपक पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सचिव दीपक पौडेलको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसााद शर्माको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक विनिराम भुसालको प्रतिवेदन पारित गरिएको छ भने प्याव्सनका स्थानीय, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा निर्वाचित जिसनका सदस्यहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले संस्थालाई विधि पद्धति र नियमानुसार सञ्चालन गर्न जिसनको विधान पनि संशोधन गरेको छ ।
अव जिसनको कार्यसमितिमा सदस्य उम्मेदवार हुन कम्तिमा एउटा अधिवेशन पूरा गरेको हुनुपर्ने, अध्यक्षमा उम्मेदवारी दिन कम्तिमा एक कार्यकाल पदाधिकारी भईसकेको हुनुपर्ने,जिसनमा आवद्ध हुन कम्तिमा पाँच कक्षा सम्मको अनुमति प्राप्त गरेको हुनुपर्ने,सदस्यता प्राप्तिका लागि प्याब्सनको सदस्य हुनुपर्ने प्रावधान थपिएको छ ।
यस्तै कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष र सहकोषाध्यक्ष थप गर्ने निर्णय भएको छ भने कार्यसमिति निर्माण गर्दा कूल सदस्यको २५ प्रतिशतको मात्र बनाउने, निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार रहने लगायतका निर्णय गरिएको अध्यक्ष रौनियारले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस