२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पत्रकार पौडेल उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित

२०७८ फागुन २१, शनिबार प्रकाशित ( साल अघि) ४१६ पाठक संख्या

परासी, २१ फागुन । रमादेवी मिडिया प्रालिद्धारा सञ्चालित दैनिक ट्वान्टिफोर खबर डटकमका प्रबन्ध निर्देशक एवम् सम्पादक मोहन पौडेल उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको आज स्थायी राजधानी दाङमा भएको प्रथम अधिवेशनको अवसरमा प्रदेश समितिले पौडेललाई सम्मान गरेको हो । पत्रकारिता र संगठनको संस्थागत विकासमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस चौतारीले जनाएको छ ।
उहाँलाई नगद सहित सम्मान गरिएको हो । अधिवेशनबाट प्रेस चौतारीको प्रदेश सदस्यमा निर्वाचित पौडेल प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीको निवर्तमान जिल्ला संयोजक हुनुहुन्छ । उहाँ सामुदायिक रेडियो दाउन्ने एफएमका स्टेसन म्यानेजर तथा राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस