२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाल निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीको ११ औँ जिल्ला अधिवेशन,अध्यक्षमा ढकाल

२०७८ फागुन २०, शुक्रबार प्रकाशित ( साल अघि) ९४२ पाठक संख्या

मोहन पौडेल
परासी, २० फागुन । नेपाल निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीको अध्यक्षमा विष्णुप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । संगठनको आज परासीमा सम्पन्न ११ औँ जिल्ला अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष ढकाल सुस्ता गाउँपालिकामा कार्यरत हुनुहुन्छ । नवगठित समितिको उपाध्यक्ष(खुल्ला)मा सुरेश पन्थी, उपाध्यक्ष(महिला) शारदा गौतम, सचिवमा देवीलाल पौडेल, सहसचिवमा सागर अर्याल, कोषाध्यक्षमा कर्णबहादुर बुढाथोकी रहनुभएको छ ।
संगठनको सदस्य(खुल्लातर्फ) रामु रेग्मी, यमप्रसाद न्यौपाने, भोजेन्द्र पौडेल, मेघनाथ काफ्ले, शम्भुचौधरी, विजय अधिकारी,सदस्य(महिलातर्फ)महेश्वरी भट्ट, सावित्रा पराजुली,तारादेवी अर्याल, जनजातीतर्फ भीमबहादुर चौधरी, मधेसीतर्फ अर्जुन तेली, दलिततर्फ सविन गहतराज निर्वाचित हुनुभएको निर्वाचन संयोजक एवं निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य मेघदेव पन्तले जानकारी दिनुभयो ।
उहाँका अनसार केन्द्रीय प्रतिनिधिमा खुल्लातर्फ गंगादत्त भण्डारी, महिलातर्फ सन्तकुमारी चौधरी,सहकारीतर्फ गणेश घिमिरे, सीबीएतर्फबाट बेलप्रसाद भण्डारी,प्रदेश प्रतिनिधिमा विष्णुलाल पुरी, वृहस्पति घिमिरे, सीता उपाध्याय चयन हुनुभएको छ भने सीबीएको जिल्ला उपाध्यक्षमा बेलप्रसाद भण्डारी र सदस्यमा नारायण भट्टराईलाई पठाईएको छ ।
संगठनका जिल्ला अध्यक्ष विष्णुप्रसाद ढकालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले संघीय निजामती सेवा ऐन नआउँदा अन्यौलता भएकोले छिटो ऐन ल्याउन माग गर्नुभयो ।
यसअघि संसद्ले पारित गरेको ऐन कर्मचारीमैत्री नभएकोले विरोधी गरिएको बताउँदै उहाँले वर्तमान सरकारले ऐन ल्याउने आशा गरिएपनि सरकार सत्ता स्वार्थमा मात्र केन्द्रीत भएकोले आश मरेको बताउनुभयो । ऐन नआउँदा कर्मचारी सेवा सुविधाबाट वञ्चित हुनुका साथै वृत्ति विकासको अवसरबाट वञ्चित हुनुपरेको बताउँदै उहाँले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन(सीबीए)ले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।
मरासिनीले सेवाग्राहीलाई देउता मानी छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज काशिराम आचार्य, केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारी, सीबीएका केन्द्रीय सदस्य एवं लुम्बिनी संयोजक मेघदेव पन्त, नेकपा एमालेका जिल्ला उपसचिव राजन कुमार आचार्य, निजामति कर्मचारीको आधिकरिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अमजद अलि अन्सारी, पेशागत महासंघका जिल्ला अध्यक्ष रामलखन हरिजन लगायतले शभकामना व्यक्त गर्नुभएको संगठनका निवर्तमान सचिव गणेशप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस