२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

मदारबाबाको सम्पूर्ण क्षेत्र सुस्ता गाउँपालिकामा पर्छ – दरगाहा कमेटी

२०७८ फागुन १८, बुधबार प्रकाशित ( साल अघि) ८०० पाठक संख्या

सुस्ता, १८ फागुन । कुतबुल मदार शाह दरगाह कमेटी सुस्ता २ महलबारी पश्चिम नवलपरासीले मुस्लिम र हिन्दु धर्मावलम्बीहरुको साझा आस्थाको केन्द्र मदारबाबाको संरक्षण र मेला व्यवस्थापनमा गण्डकी प्रदेशको हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।
मदारबाबाको दरगाहादेखि पहाडको मजारसम्मको क्षेत्र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको तर गण्डकी प्रदेशको पूर्वी नवलपरासी(नवलपुर) जिल्लाले मजार डाँडा आफ्नो भनी विवाद सिर्जना गरेको भन्दै कमेटीले आज एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।
मदारबाबाको महलबारीमा रहेको दरगाहा देखि पहाडको मजार डाँडाँसम्मको मेला व्यवस्थापन साविक कुडिया गाविस हुँदापनि कुडिया गाविस अन्र्तगत नै रहेकोमा कुडिया गाविस सुस्ता गाउँपालिकामा गाभिएको र कुडियाको कुनै पनि भाग पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा नमिसिएको अवस्थामा उक्त जिल्लाले मदारबाबा क्षेत्रको दाबी गर्न नपाउने कमेटीका अध्यक्ष निजामुद्धिन मियाँले बताउानुभयो ।
२०५७ सालमा जिल्ला प्रशासन कार्यालय परासीमा दर्ता भई मदारबाबा मेला व्यवस्थापन गर्दै आएको कुतबुल मदार शाह दरगाह कमेटी महलबारी पश्चिम नवलपरासीले केही अराजक तत्व र दलाल नेताहरुको निजी स्वार्थ र षडयन्त्रले गर्दाले यो विवाद सिर्जना गरिएको र गृहमन्त्रालयको आदेश पनि कार्यान्वयन नभएको भन्दै खेद प्रकट गरेको छ ।
मदारबाबाको सम्पूर्ण क्षेत्र लुम्बिनी प्रदेश अन्र्तगत नै पर्ने भएकोले गण्डकी प्रदेशले हस्तक्षेप गर्न नमिल्ने मदारबाबाका मठाधिस अमिरुल्लाह अन्सारीले बताउनुभयो । मदारबाबाको मुख्य स्थल दरगाहा महलबारीमा रहेको र मेलाको सुरुवात त्यहीँबाट शुरु भई समापन पनि महलबारीकै दरगाहाबाट हुने गरेको उहाँले बताउनुभयो ।
मदारबाबा मेलाको व्यवस्थापन र संरक्षणको विषयमा सिर्जना गरिएको अनावश्यक विवाद समाधान गर्न .दरगाह कमेटीले संघीय सरकार, लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण पनि गराएको छ । गत फागुन ९ गतेदेखि सुरु भएको यसवर्षको मदारबाबा मेला फागुन १७ गते महाशिवरात्रीमा सकिएको छ । दुई प्रदेशको विवादका कारण मदारबाबाको पहाडी क्षेत्र मजारको मेला पूर्वी नवलपरासी र महलबारीको मेला पश्चिम नवलपरासीले व्यवस्थापन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस