२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नगरपालिका कर्मचारी एसोसिएसन रामग्रामको बाह्रौं  अधिवेशन,अध्यक्षमा शर्मा

२०७८ फागुन १४, शनिबार प्रकाशित ( साल अघि) ८२६ पाठक संख्या

परासी, १४ फागुन । नेपाल नगरपालिका कर्मचारी एसोसिएसन रामग्राम नगरपालिका ईकाई समितिको अध्यक्षमा सञ्जय शर्मा निर्वाचित हुनुभएको छ ।
नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन ईकाई समिति रामग्रामको आज वनदेवी पार्कमा सम्पन्न १२ ओैँ अधिबेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा निर्मला प्रजापति,सचिवमा नगेन्द्र यादव,काेषाध्यक्षमा महेश्वर ठाकुर रहनुभएको छ भने सदस्यहरूमा अमृत भुुुसाल ,पशुपति प्रसाद नाउँ,मुकेश लाेनिया चयन भएकाे रामग्राम नगरपालिकाका लेखाअधिकृत एवम निर्वाचन मण्डलका अध्यक्ष कुन्दन कुमार चाैधरीले जानकारी दिनुभयो ।

अधिवेशनको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले उद्घाटन गर्नुभएको थियोे । उहाँले नगरवासीलाई छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न जोड दिनुभयो ।

नगर प्रमुख गुप्ताले संघीय सरकारले कर्मचारी ऐन बनाउन ढिलाई गर्दा  स्थानीय तहमा कर्मचारीहरूलाई  काममा असहजता आएको बताउनुभयो ।
पेशगत हकहित ,प्रबर्द्धन र संरक्षणकाे लागि निरन्तर लाग्दै सेवा प्रभावकारी बनाउन उहाँको आग्रह थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जनताप्रति उत्तरदायि हुदै कर्मचारीले नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन ईकाई समिति रामग्रामकि कार्यबाहक अध्यक्ष ललिता पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश कुमार गुप्ता ,नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला अध्यक्ष सनत गिरी, एसोसिएसनका पूर्व अध्यक्ष भगौती यादव(रुदल), रामग्राम नगरपालिका अवकाशप्राप्त जेष्ठ कर्मचारी माधव भट्ट , पत्रकार  गाैरीशंकर जयसवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%

प्रतिक्रिया दिनुहोस