२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

व्यक्तिगत लगानीमा जग्गा किनेर शिक्षा मन्दिरको भवन बनाउँदै प्रतापपुरका राजेश चौधरी

२०७८ फागुन ८, आईतबार प्रकाशित ( साल अघि) १५४१ पाठक संख्या

परासी, ८ फागुन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका उदयीमान युवा नेता एवं समाजसेवी राजेशप्रसाद चौधरीको पहलमा सात कोेठे विद्यालय भवन निर्माण शुरु भएको छ । जग्गा अभावका कारण भाडामा सञ्चालन हुँदै आएको प्रतापपुर—७ स्थित पशुपति शिक्षा मन्दिरको युवा नेता चौधरीको पहलमा भवन निर्माण गर्न लागिएको हो ।
प्रतापपुर—७ टाँगीकोटमा आज एक कार्यक्रम गरी उक्त विद्यालय भवनको प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरी र युवा नेता राजेश चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
२०५० सालमा स्थापना भएको पशुपति शिक्षा मन्दिरको आफ्नै भवन र जग्गा नहुँदा पठनपाठनमा समस्या थियो भने टाँगीकोट र आसपासका बालबालिकाहरु शिक्षाका लागि टाढा जानुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् ।
विद्यालयले जग्गा समेत खरिद गर्न नसक्ने अवस्था रहेकोले जसपाका युवा नेता समेत रहनुभएकाक चौधरीले आफैले जग्गा खरिद गरेर आफ्नै पहलमा विद्यालयको सात कोठे भवन निर्माणको थालनी गर्नुभएको हो । खरिद गरेको जग्गा मध्ये एक कठ्ठा जग्गा विद्यालयको लागि छुट्याएको उहाँले बताउनुभयो ।
शिक्षाको मन्दिर भएर पनि आवश्यक पूर्वाधार नभएको र यहाँका बालबालिका अध्ययनका लागि टाढा जार्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आफूले बिल्ड अफ नेपाल ईन्जिनियरिङ्ग संस्थाको सहयोगमा विद्यालय भवन निर्माण गर्न लागेको उहाँले बताउनुभयो । आगामी तीन महीना भित्र सम्पन्न हुने उक्त भवनको करिब रु ६० लाख लागत अनुमान गरिएको छ ।
आफ्नो गाउँ र जन्मभूमिमा केही गरेर देखाउने अठोटका साथ आफू विकासको कार्यमा अघि बढेको उहाँको भनाई छ । जसपाका युवा नेता चौधरीले आगामी स्थानीय चुनावमा प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदको आकांक्षा पनि राख्नुभएको छ । पदमा नहुँदा पनि आफूले सक्दो विकासको काम गरिरहेको भन्दै उहाँले यदी जनताले काम र क्षमता हेरेर आफूलाई विश्वास गरी विजयी बनाए प्रतापपुर गाउँपालिकालाई विकासको नमूना पालिकाको रुपमा स्थापित गर्ने चौधरीले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा योजनाबद्ध विकास गर्ने गरी सोच बनाईरहेको बताउँदै चौधरीले यस विद्यालयको भवन निर्माणपछि यहाँका बालबालिकाले नजिकमै शिक्षा आर्जन गर्न सक्ने र भविष्य उज्वल हुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाकी कार्यबाहक अध्यक्ष चौधरीले पनि युवा नेता राजेश चौधरीको कार्यको प्रशंसा गर्नुभयो । गाउँपालिकाको सबै क्षेत्रको विकासमा लागिरहेको उहाँको भनाई थियो । स्थानीय चुनावमा पार्टी भन्दा पनि व्यक्ति हेरेर भोट दिनुपर्ने उहाँको सुझाव थियो । युवा नेता चौधरीले केही समयपछि विपन्न परिवारलाई घर बनाउने योजना पनि बनाउनुभएको छ । यसअघि पनि उहाँले सुस्ताको पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण गर्नेघोषणा गरेकोमा अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%६%

प्रतिक्रिया दिनुहोस