२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवल—७ मा निर्मित महिला समूह भवन र मन्दिरको पूर्वमन्त्री चौधरीद्धारा उद्घाटन

२०७८ फागुन ५, बिहिबार प्रकाशित ( साल अघि) ४५२ पाठक संख्या

परासी, ५ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ७ मा निर्मित महिला समूह भवन र मन्दिरको उद्घाटन गरिएको छ । सिर्जनशील महिला समूहको आयोजनामा आज भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले सिर्जनशील महिला समूह भवन र चौधरी डिवार मन्दिरको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
महिला समूह भवन निर्माणका लागि नेता चौधरीको पहलमा लुम्बिनी प्रदेश सरकारको रु दश लाख लागत तथा सांसद चौधरी र सुनवल नगरपालिकाको लगानीमा मन्दिर निर्माण भएको स्थानीय युवा समाजसेवी विनोद पाण्डेले बताउनुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्याल, वडा अध्यक्ष बसन्तराज दाहाल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, एमाले नेता सुर्य दुवे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस