२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लोसपाका वरिष्ठ उपाध्यक्ष अग्रहरी कांग्रेसमा प्रवेश

२०७८ माघ २७, बिहिबार प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

परासी, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी पश्चिम नवलपरासीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टी कार्यालय सानेपामा उहाँलाई पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अग्रहरी गत निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो भने नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष पनि हुनुहुन्छ ।
उहाँ सँगै लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सचिव जयप्रकाश शहानी,माया अग्रहरी,धीरज शर्मा पनि कांग्रेस प्रवेश गर्नुभएको मुख्य सचिव पौडेलद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
उहाँहरु बिना शर्त नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
उक्त अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल,नेताहरु बैजनाथ जयसवाल,गजानन्द पटेल,माधव पाण्डे लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस