२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बर्दघाट खानेपानी संस्थाद्धारा सरसफाइ सचेतना कार्यक्रम

२०७८ माघ २७, बिहिबार प्रकाशित ( साल अघि) ६१२ पाठक संख्या

बर्दघाट, २७ माघ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था ले सरसफाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सँस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा आयोजना क्षेत्र भित्रको बर्मेली टोल क्षेत्रमा सरसफाई सचेतना एवं सरसफाई सामग्री एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो ।
सँस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिले आयोजन क्षेत्रको विभिन्न टोलमा सरसफाई सामग्री वितरण गर्ने र सचेतना कार्यक्रम सँचालन गर्ने क्रममा बर्मेली टोलमा कार्यक्रम सम्पन्न गरेको सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिनुभयो ।
खानेपानी सुरक्षा योजना समितिका सदस्य एवं स्वास्थ्य क्षेत्रका प्रतिनिधि कृष्णहरी पौडेलले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियोे । यस्तै टोलबासी लता रानाले टोलमा भए गरेका सरसफाईका गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै खानेपानी सँस्थाका अध्यक्ष धातानन्द बश्यालले बर्दघाट खानेपानी सँस्था सुरक्षित पिउने पानी उपभोक्तालाई उपलब्ध गराउनका साथै आयोजना क्षेत्रमा सरसफाईलाई समेत उच्च प्राथमिकता राख्दै अघि बढेको बताउनुचयो । कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले खानेपानी सँस्थाले अघि सारेका सरसफाईका कार्यक्रमलाई वडा कार्यालय समेत हातेमालो गर्दै अघि बढने र ब्यक्तिगत सँगसँगै सामुदायिक सरसफाईको आवश्यकता रहेको बताउँदै सबैले गाँउ टोल सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ वडा सदस्य गौमाया पराजुली आर सी, बर्दघाट बजार विकास समितिका पूर्व अध्यक्ष शिव कोइराला, सुरक्षा योजना समिति सदस्य गिता शर्मा, गोमा खनाल लगायतले खानेपानी र सरसफाईको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियोे ।
उक्त कार्यक्रममा सँस्थाले टोलको सरसफाईको लागि २ थान बेल्चा, २ थान कोदालो, १० थान झाडुकुचो र १ थान हाते ठेलागाडी उपलब्ध गराएको थियो । सँस्थाले कार्यक्षेत्रका २१ वटा टोलमा कार्यक्रम गर्ने गरी कार्ययोजना तय गरेको र १४ वटा क्षेत्रमा कार्यक्रम सम्पन्न भएको समेत भुसालले जानकारी दिनुभयो।
यसैविच सँस्थाले आयोजना क्षेत्रभित्र रहेका २ वटा सार्वजनिक शौचालयमा सरसफाईको लागि हर्पिक, फिनायल, कुचो, ब्रस र साबुन समेत वितरण गरेको थियो । सामुदायिक क्षेत्रमा सरसफाईको महत्व दर्शाउन सामाग्री वितरण गरिएको ब्यवस्थापक भुसालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस