२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

तत्काल स्थानीय चुनाव घोषणा गर्न अनेमसंघ नवलपरासीको माग

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) ४६४ पाठक संख्या

परासी, १८ माघ । तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेमसंघ पश्चिम नवलपरासीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
अनेमसंघले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई निर्वाचन मिति घोषणा गर्न माग गर्दै ज्ञापन पत्र पठाएका हुन् । संगठनहरुले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न अनेमसंघ केन्द्रीय सचिवालय सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य बिमला अर्यालले माग गर्नुभयो ।
संविधानविपरीत सत्ता गठबन्धनले विभिन्न बहानाबाजीमा निर्वाचनबाट हारिने डरले निर्वाचनबाट भाग्न खोजेको उहाँको भनाई थियो । उहाँले वर्तमान परमादेश सरकारका कुकर्मको भण्डाफोर गर्दै आम जनसमुदायलाई संविधानको रक्षाको लागि जागरुक बनाउने बताउनुभयो ।
सरकार निर्वाचनबाट पछाडि हटे सडक आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान सत्ता गठबन्धन हुने अनेमसंघ जिल्ला सहसंयोजक यमकुमारी सुवेदीले चेतावनी दिनुभयो ।
स्थानीय तहका पदाधिकारीको पाँच वर्षे पदावधि २०७९ जेठमा सकिने र संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि नहुने परिकल्पना नगरेका कारण समयमै जनप्रतिनिधि निर्वाचित नहुने हो भने आगामी जेठपछि ७५३ वटा स्थानीय सरकार शुन्यतामा जाने ज्ञापनपत्रमा उल्लेख छ ।
अनेमसंघ केन्द्रीय सचिवालय सदस्य अर्याल, जिल्ला सहसंयोजक सुवेदी तथा रामग्राम नगर सचिव नानु कुमारी खड्काको हस्ताक्षर रहेको ज्ञापनपत्र पठाईएको ।उक्त अवसरमा एमाले नेतृहरु लक्ष्मी क्षेत्री, धनमाया क्षेत्रीको पनि सहभागिता थियो ।  ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस