२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बालिकालाई जबरजस्ती करणी गर्नेलाई अठार वर्ष कैद

२०७८ माघ ११, मंगलबार प्रकाशित ( साल अघि) ३५० पाठक संख्या

मोहन पौडेल/रासस
परासी, ११ माघ । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका – १२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ ।
प्रतिवादी पौडेलले गत २०७७ मङ्सिर १६ गते स्थानीय दश वर्ष सात महीनाकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायधीस अशोक कुमार बस्नेतको ईजलासले आवश्यक प्रमाणको आधारमा पौडेललाई कसुर गरेको ठहर गर्दै आज अठार वर्ष कैद सजायको फैसला गरेको श्रेष्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
प्रतिवादी पौडेलले बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगि जबरजस्ती करणी गरेको फैसलामा उल्लेख छ । गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खवर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए ।
अदालतले पीडित बालिकालाई रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ । प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र नीजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकोले अदालतले अपराध पीडित संरक्षण ऐन २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको श्रेष्तेदार पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस