२०८२ कार्तिक २१, बिहिबार
24 खबर अपडेट

भुजहवाबाट चार हजार ४५० केजी जडिबुटी बरामद

२०७८ माघ ७, शुक्रबार प्रकाशित ( साल अघि) ४३४ पाठक संख्या

मोहन पौडेल
परासी, ७ माघ – भारतीय सीमा नजिकै लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित जुडिबुटी प्रहरीले बरामद गरेको छ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका—७ स्थित भन्सार नजिकै शाही टे«डर्स कवाड सङ्कलन स्थलबाट प्रहरीले झ्याउ नामक जुडिबुटी बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १५१ बोरामा रहेको चार हजार ४५० केजी जडिबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बरामद भएको जुडिबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय परासीमा बुझाईएको र कारोबारमा संलग्नको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस