२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयद्धारा ज्येष्ठ नागरिक र अशक्तलाई कम्बल वितरण

२०७८ माघ ६, बिहिबार प्रकाशित ( साल अघि) ५९२ पाठक संख्या

परासी, ६ माघ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बृद्धबृद्धा तथा अशक्त नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
केही दिनदेखि बढेको चिसोका कारण प्रभावित बृद्धबृद्धाहरुलाई चिसोबाट जोगाउन विपद् व्यवस्थापन समितिले आफ्नै पहलमा ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई व्लाङ्केट वितरण गरेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
अत्याधिक जाडो बढेकोले आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि उहाँले आग्रह गर्नुभयो । यो सानो प्रयास मात्र भएको भन्दै उहाँले अन्य निकायलाई यसले प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय परिसरमै आज एक कार्यक्रम गरी व्लाङकेट वितरण गरिएको हो । यो अभियानको सुरुवात मात्र भएको र क्रमशः पालिकाहरुमा पनि न्यानो कपडा वितरण कार्य अघि बढाउने प्रजिअ मिश्रले बताउनुभयो ।
आज रामग्राम नगरपालिकाको वडा नं. १,२,३ र ५ का ४० जना बृद्धबृद्धा तथा अशक्त नागरिकलाई वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस