२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रेडक्रस बर्दघाटमा नयाँ नेतृत्व चयन,नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराएका छौँ – नगर प्रमुख बस्याल

२०७८ पौष २१, बुधबार प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

परासी, २१ पुस । नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको अध्यक्षमा पुनः नारायण अधिकारी चयन हुनुभएको छ । रेडक्रसको आज बर्दघाटमा सम्पन्न छैँठौँ अधिवेशन तथा एघारौँ साधारणसभाले अधिकारीको नेतृत्वमा दुई वर्षका लागि नयाँ समिति चयन गरेको हो ।
समितिको उपसभापतिमा देवी पौडेल, सचिवमा दीर्घ घिमिरे,कोषाध्यक्ष टीकाराम भण्डारी,उपकोषाध्यक्ष बुद्धिमाया अधिकारी, सहसचिव धनन्जय पौडेल, सदस्यहरुमा रामचन्द्र अधिकारी, दील बहादुर अधिकारी, राधा ढकाल, लक्ष्मण भट्टराई, गणेश बहादुर क्षेत्री रहनुभएको छ ।
रेडक्रस उपशाखाका सभापति नारायण अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाले रेडक्रससँग समन्वय गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
गत वर्षदेखि नै नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताउँदै उहाँले आम नगरवासीसम्म यो सन्देश पुर्याउन पनि आग्रह गर्नुभयो । उहाँले रेडक्रस बर्दघाट उपशाखाको अधुरो भवन निर्माण सम्पन्न गर्नका लागि पनि सक्दो सहयोग गर्ने बताउँदै नगरपालिकाले सञ्चालन गर्दै आएका चार वटा एम्बुलेन्स मध्ये दुई वटा रेडक्रसलाई हस्तान्तरण गर्ने विषयमा छलफल चलिरहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा रेडक्रसका सभापति नारायण अधिकारीको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टीकाराम भण्डारीको आर्थिक प्रतिवेदन पारित भएको छ । सभाको उद्घाटन समारोहमा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल, सहिद स्मृत्ति सामुदायिक अस्पचाल चौपत्ताका अध्यक्ष निमानन्द न्यौपाने, समाजसेवी बृहस्पति अधिकारी, डिबी अधिकारी, सदस्य रुद्र प्रकाश उपाध्याय, सचिव दीर्घप्रसाद घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस