२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

संसदको अवरोध हटाएर नागरिकता विद्ययेक पारित गर्न जसपा अध्यक्ष यादवको माग

२०७८ पौष १३, मंगलबार प्रकाशित ( साल अघि) ६६७ पाठक संख्या

मोहन पौडेल
परासी, १३ पुस । सत्ता साझेदार दल जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाएर नागरिकता विद्ययेक छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । संसदमा विचाराधिन नागरिकता विद्ययेकको टुङ्गो लाग्न ढिलाई हुँदा तराई–मधेसका हजारौँ युवाहरु नागरिकताबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो।
जसपा नेपाल नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले आज परासीमा गरेको विशाल जनसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले भन्नुभयो–“जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई नेपाली नागरिकता उपलब्ध गराउनुपर्छ, यो सरकारको दायित्व हो, पिताको पहिचान नखुले आमाको नामबाट पनि नागरिकता दिनुपर्छ, तर वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुनुहुँदैन्”
गणतन्त्र, सङ्घीयता लगायतका उपलब्धी हासिल भएपनि आम नागरिकको आर्थिक जीवनस्तरमा सुधार नभएकोले आफ्नो पार्टीले संसद र सरकारमा रहेर सङ्र्घष जारी राखेको उहाँले जिकिर गर्नुभयो। “गणतन्त्र आएपनि सामान्य नागरिकको आर्थिक जीवनस्तरमा परिवर्तन आएको छैन्,अझै पनि विभेद कायम छ, प्रत्येक नागरिकले शिक्षा, स्वास्थ्य, रोजगार र आवसको अधिकार प्राप्त नगरेसम्म हाम्रो पार्टीले सङ्घर्ष जारी राख्छ”, उहाँले भन्नुभयो।
नेता यादवले राजनीतिक स्थिरता र भ्रष्टाचार अन्त्यका लागि नागरिकबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रप्रमुख, समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था तथा संसदीय प्रणालीलाई समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष यादवले अहिलेको सात प्रदेशलाई सुधार गरी राज्य पुनःसंरचना आयोगको सिफारिस बमोजिम तराई–मधेसमा दुईसहित दश प्रदेश बनाउनुपर्ने माग गर्नुभयो । “नारायणी नदीबाट पूर्व झापासम्म एउटा र नारायणी नदीबाट पश्चिम महाकालीसम्मको अर्काे गरी मधेस भुभाग समेटिएको दुई प्रदेश भएमात्र मधेसको विकास र मधेसी नागरिकको शासन व्यवस्थामा पहुँच पुग्छ”, उहाँले भन्नुभयो ।  कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस