२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मंगलबार परासी आउँदै

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) १४०३ पाठक संख्या

परासी, १२ पुस । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव भोली पश्चिम नवलपरासी आउनुहुने भएको छ । जसपा नेपाल नवलपरासीले भोली पुस १३ गते परासीमा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष यादव नवलपरासी आउन लाग्नुभएको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवका अनुसार केन्द्रिय अध्यक्ष उपेन्द्र यादव दुई दिन नवलपरासीका विभिन्न कार्यक्रममा सहभागि हुनुहुनेछ । भोली आमसभा र पर्सी परासीमै पत्रकार सम्मेलन र रामग्राम–४ को स्वास्थ्य चौकी भवन उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो । आम सभाको पूर्व तयारी तीव्र रुपमा भईरहेको जसपाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस