२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

उद्यमशीलता मार्फत युवाहरूलाई व्यावसायिक रुपमा अघि बढाउनुपर्छ: राष्ट्रिय उपाध्यक्ष अग्रहरी

२०७८ पौष ७, बुधबार प्रकाशित ( साल अघि) ३७९ पाठक संख्या

परासी, ७ पुस । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले उद्यमशीलता मार्फत युवाहरूलाई व्यावसायिक रुपमा अघि बढाउने बताउनुभएको छ ।
नेपाल जेसीजको हालै पोखरामा सम्पन्न ४८ ओैँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित अग्रहरीको सम्मानमा ग्यास विक्रेता संघ नवलपरासीले आज भूमहीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपाध्यक्ष अग्रहरीले उक्त कुरा बताउनुभएको हो ।
उहाँले युवाहरूको नेतृत्व व्यक्तित्व विकासमा जेसीजले तालिमलाई जोड दिने बताउनुभयो । उहाँले मुलुक निर्माणमा युवाहरूले नेतृत्व लिनुपर्ने बताउँदै युवाहरूमा उद्यमशीलता र सकारात्मक सोच हुनुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस