२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा कांग्रेसको जिल्ला अधिवेशन – मतदान सम्पन्न, मतगणना जारी

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित ( साल अघि) ६८८ पाठक संख्या

परासी, १० मंसिर। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत कांग्रेस पश्चिम नवलपरासीको जिल्ला नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएको छ । परासीस्थित सरस्वती मावि शान्तिचौरमा विहान साढे ८ बजेदेखि शुरु भएको मतदान साँझ चार बजे सकिएको हो ।
कुल १३ सय ४६ मतदाता रहेकोमा आज सम्पन्न मतदानमा १३ सय २९ मत खसेको मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिनुभयो । अहिले कांग्रेस जिल्ला पार्टी कार्यालय विपी स्मृत्ति भवन परासीमा मतगणना भईरहेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति पदका लागि अर्जुन पोखरेल र मोहन शर्मा प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ । पोखरेल रामचन्द्र पौडेल पक्ष र शर्मा शेर बहादुर देउवा पक्षको रुपमा चिनिनुहुन्छ ।
जिल्लामा देउवा खेमाबाट केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल र पौडेल खेमाबाट संविधानसभा सदस्य विक्रम खनाल पक्षबीच वडा तहदेखि नै प्रतिस्पर्धा रहेको छ । कांग्रेसको वडा, गाउँ नगर, प्रतिनिधिसभा र प्रदेशसभा सम्मको निर्वाचन सकिँदा पश्चिम नवलपरासीमा पौडेल पक्षको वचस्र्व देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस