२०८३ अषाढ ५, शुक्रबार
24 खबर अपडेट

नेकपा एसद्धारा रामग्राम नगरपालिकामा कमिटी गठन

२०७८ मंसिर ८, बुधबार प्रकाशित ( साल अघि) ८७० पाठक संख्या

परासी, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) पश्चिम नवलपरासीले रामगाम नगरपालिकामा पार्टीको नगर कमिटी गठन गरेको छ।
नेकपा एसले आज परासीमा प्रथम नगर भेलाको आयोजना गरि रामप्रसाद पौडेल अध्यक्ष रहेको ५१ सदस्यीय नगर कमिटी गठन गरेको उक्त पार्टीले जनाएको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा सन्तकुमारी चौधरी,सचिवमा पार्वती विक,सहसचिवमा सुरज पौडेल लगायत रहनुभएको छ ।
पार्टीका जिल्ला अध्यक्ष यज्ञ खनालको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार केशरमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य बृहस्पति अधिकारी,नेता रामबहादुर थापा,जिल्ला सचिवालय सदस्य एवं नगर ईन्चार्ज सरिता पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको पार्टीका जिल्ला सचिव कुमार आलेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस