२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमालेको महाधिवेशन प्रतिनिधिमा स्थानीय तहबाट बर्दघाट नगर प्रमुख बस्याल मात्र निर्वाचित

२०७८ मंसिर १, बुधबार प्रकाशित ( साल अघि) २२१५ पाठक संख्या

बर्दघाट, १ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल लोकप्रिय मतका साथ नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।
स्पष्ट वक्ता, कुशल संगठक, कुशल नेतृत्वकर्ता एवं जनप्रिय नेताको रुपमा स्थापित नगर प्रमुख बस्याल जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधिमध्येबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने एक मात्र जनप्रतिनिधि हुनुहुन्छ ।
एमालेको यही मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन नवलपरासी क्षेत्र नं.१बाट खुल्ला तर्फका चार जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मेयर बस्याल अत्याधिक मतका साथ विजयी हुनुभएको हो । यहाँ ९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
जिल्लामा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा प्रदेश सांसद देखि मेयर, उपमेयरसम्मका जनप्रतिनिधि समेत उम्मेदवार थिए। प्रदेश सांसद, उपमेयर लगायतका जनप्रतिनिधि पराजित भईरहँदा बर्दघाटका मेयर बस्याल भने एक हजार ४३२ मत ल्याई विजयी हुन सफल हुनुभयो ।
समृद्ध बर्दघाट नगर बनाउने अभियानका साथ जनभावनालाई कदर गर्दै नगरको विकास र जनताको सेवामा नेतृत्वदायी भूमिकामा खटिनुभएका मेयर बस्याल आफ्नो काम र लोकप्रियताकै कारण निर्वाचित हुन सफल हुनुभएको एमाले कार्यकर्ता बताउँछन् ।
६ कक्षा देखि नै राजनीतिमा होमिनुभएका बस्याल पार्टीका विभिन्न तहका पदीय जिम्मेवारी बहन गर्दै हाल एमालेको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । २०३९ सालमा दाउन्ने देवी माविबाट अनेरास्ववियुको जिल्ला अधिवेशन प्रतिनिधि भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका बस्याल पार्टीको काठमाडौँ–नवलपरासी सम्पर्क मञ्चको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।
सरस्वती बहुमुखि क्याम्पसमा अध्ययन गर्दा अनेरास्ववियुको प्रारम्भीक कमिटीको अध्यक्ष हुँदै आफ्नो कुशलता प्रदर्शन गर्नुभएका बस्याल साविक माकर गाउँ कमिटीको विभिन्न तहहुँदै २०५८ मा पार्टीको सचिव भई कुशल संगठक तथा स्पष्ट वक्ताको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएका बस्याल पाँचौ राष्ट्रिय महाविधेशनमा पनि प्रतिनिधिको उम्मेदवार हुनुहुन्थ्यो ।
त्यसबखत प्रतिनिधिमा पराजय भोग्नुपरेपनि यसपटक भने उहाँ बहुमतका साथ विजयी हुनुभएको हो । नगर प्रमुख बस्यालले आफूलाई मतदान गरी विजयी बनाउनुहुने सबै मतदाता, पार्टी कार्यकर्ता, नेता, शुभेच्छुक सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%९%३%१%१%

प्रतिक्रिया दिनुहोस