२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रेस सेन्टर पश्चिम नवलपरासीको जिल्ला अधिवेशन सुस्तामा, अध्यक्षमा पोखरेल चयन

२०७८ कार्तिक २८, आईतबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

मोहन पौडेल
परासी, २८ कात्तिक –  नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) शाखाको जिल्ला अधिवेशन ऐतिहासिक भूमि सुस्तामा सम्पन्न भएको छ । अधिवेशनले घनश्याम पोखरेल (राजु)को नेतृत्वमा प्रेस सेन्टर नेपालको ११ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको छ ।
नवगठित जिल्ला कमिटीको उपाध्यक्ष(खुल्ला)मा चिरञ्जिवी न्यौपाने, उपाध्यक्ष(महिला)मा सोनकली थारु, सचिवमा विष्णु खनाल भण्डारी, सहसचिव(खुल्ला)मा रेशम अधिकारी, सहसचिव(समावेशी)मा पिपला अस्लामी लामिछाने मगर र कोषाध्यक्षमा रामकरण हरिजन सर्वसम्मत निर्वाचित हुनुभएको हो । कमिटीको सदस्यमा रचना चौधरी, गौतम कुमार हरिजन, पुरन हरिजन, सम्मत वि.क लगायत रहनुभएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तीलकराम शर्माले नेपाली भूमि सुस्तामा सञ्चारको सहज पहुँचको लागि पहल गर्ने बताउनुभयो । सुस्तामा नेपाल टेलिकमको नेटवर्क समस्या भएका कारण यहाँका नागरिकले समस्या भोग्दै आएका छन् ।
मन्त्री शर्माले वर्षाैँदेखि पछाडि परेको सुस्तामा सङ्घीयता कार्यान्वयनसँगै विकासको लहर छाएको उल्लेख गर्नुभयो । नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज एवं पूर्वमन्त्री घनश्याम यादवले सुस्ताको समस्या सुस्ताबासीको मात्र नभएर सवै नेपालीको समस्या भएकोले राज्य स्तरबाटै सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनमा प्रेस सेन्टर नेपाल केन्द्रिय अधिवेशन आयोजक कमिटी सदस्य गोपी ज्ञवाली, नेकपा माओबाली केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार तथा बरिष्ठ साहित्यकार घनश्याम न्यौपाने परिश्रमी, प्रेस सेन्टर नेपाल केन्द्रिय अधिवेशन आयोजक कमिटी सदस्य रुद्रहरि कुँवर, पे्रस सेन्टर रुपन्देहीका अध्यक्ष कमल रायमाझी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस