२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एमाले महाधिवेशन प्रतिनिधिका लागि मतदान सम्पन्न, गणनाको तयारी

२०७८ कार्तिक २७, शनिबार प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

२७ कात्तिक । पश्चिम नवलपरासीमा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटका लागि आज निर्वाचन सम्पन्न भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि छनौटका लागि क्षेत्र नं. १ को बाल्मिकी मावि बर्दघाट पुर्नवास र क्षेत्र नं. २ को प्रगति मावि स्वाठी सुनवलमा मतदान भएको हो ।
महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि आज दुवै क्षेत्रबाट मतदान मार्फत महाधिवेशन प्रतिनिधि छनौट गर्न लागिएको एमालेले जनाएको छ । आज विहान नौ बजेदेखि साँझ चार बजेसम्म मतदान भएको थियो ।
क्षेत्र नं. १ मा भएको निर्वाचनमा ६७ प्रतिशत मत खसेको छ । निर्वाचन संयोजक फुलकुमारी गिरी(सीमा)का अनुसार दुई हजार २४९ जनाले मतदान गरेका छन् । अव पाँचबजेबाट मतगणना सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि चार जना खुल्ला पदका लागि धीरज शर्मा बस्याल, सुवासचन्द्र जिसी, दीपेन्द्र अधिकारी, रामप्रसाद अर्याल, एकदेव पाण्डे, बद्री खनाल, टोपबहादुर सिंह ठकुरी, निमानन्द न्यौपाने र पुण्य प्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो भने महिलातर्फ दुई जनाको लागि देवी पौडेल लौडारी,सिन्धु जलेसा बुढाथोकी, राधिका शर्मा भट्ट, सरिता खनाल भुसाल र मधुमाया पौडेल चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।
यस्तै क्षेत्र नं. २ मा पनि मतदान सम्पन्न भएको छ । निर्वाचन संयोजक रेशम शर्माका अनुसार कूल दुई हजार ८७५ मत मध्ये दुई हजार ५७ मत खसेको छ । अहिले मतगणनाको तयारी भईरहेको उहाँले बताउनुभयो ।
क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिको लागि चार जना खुल्ला पदतर्फ थानप्रसाद गैरे, डोलराज भण्डारी, केशव भण्डारी, वीरेन्द्र यादव, लेखनाथ खरेल, दधिराम अर्याल, रामचन्द्र भण्डारी, सुर्य दुवे, कृष्णप्रसाद बगाले, राजनकुमार आचार्य, बद्रीमान श्रेष्ठ चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो भने दुई जना महिलाको लागि तारा आचार्य, सरस्वती सुवेदी, बिमला अर्याल, रिंगला यादव, लक्ष्मी क्षेत्री, भगवती भण्डारी प्रतिस्पर्धामा रहनुभएको छ । दलिततर्फको दुई जनामा भने जिल्ला अध्यक्ष तुलसी पासी र नेता राजु हरिजन यसअघि नै र्निविरोध चयन भईसक्नुभएको छ ।
पश्चिम नवलपरासीबाट दुई जना महिला, दुई जना दलित र खुल्ला आठ गरी १४ जना महाधिवेशन प्रतिनिधि छनौट हुने एमाले पश्चिम नवलपरासीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस