२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुस्ताको विकासमा लुम्बिनी गार्डेन फाउण्डेशनले सहकार्य गर्ने

२०७८ कार्तिक २६, शुक्रबार प्रकाशित ( साल अघि) ४५५ पाठक संख्या

मोहन पौडेल/रासस
परासी, २६ कात्तिक – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित सुस्ता गाउँपालिकाको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले सहयोग गर्ने भएको छ । फाउण्डेशनले समृद्ध सुस्ता निर्माणका लागि आवश्यक पर्ने क्षेत्रहरुमा आवश्यक लगानी, सहकार्य र सहयोग गर्ने जनाइएको छ ।
त्यसका लागि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र फाउण्डेशन स्पेनका अध्यक्ष जुसे मनुअल भिलानोभाबीच संस्थागत सम्बन्ध कायम, सहकार्य र समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष उपस्थितिमा लुम्बिनीमा उक्त समझदारी पत्रका हस्ताक्षर भएको हो ।
सुस्ताको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य,उद्योग लगायतका क्षेत्रको विकासमा उक्त संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “हामी केही समय अघि यो संस्थाको सदस्य पनि भएका थियौँ, कुन कुन क्षेत्रमा लगानी गर्दा गाउँपालिकाको समृद्धि हुन्छ,त्यसमा उक्त संस्थाले लगानी गर्नेछ,यो राम्रो उपलब्धी हो”, उहाँले भन्नुभयो।
गाउँपालिका अन्र्तगत रहेको भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया प्रस्थान गर्नुअघि केस मुण्डन गरी गेरु वस्त्र धारणा गरेको पुरातात्विक तथा ऐतिहासिक स्थल अनोमाघाटसहित यहाँका अन्य पर्यटकीय स्थलको विकास र प्रवद्र्धन, प्राविधिक विद्यालय, अस्पताल निर्माण, आँखा अस्पताल स्थापना लगायतका विकास योजनामा सहकार्य गर्ने समझदारी भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस