२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावल– २ मा छठ पूजाको तयारी तीब्र, सांस्कृतिक कार्यक्रम पनि हुने

२०७८ कार्तिक २१, आईतबार प्रकाशित ( साल अघि) ५६६ पाठक संख्या

सरावल,२१ कात्तिक । तिहार पर्व सकिएसँगै तराईवासीको महान पर्व छठको रौनक सुरु भएको छ । छठ पर्वको आगमनसँगै पश्चिम नवलपरासीको विभिन्न ताल तलैया, पोखरी र नदी सरसफाई गरिएको छ ।
छठ ब्रत बस्नेहरु पायक पर्ने ठाउमा सरसफाई र छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । नवलपरासीमा प्रमुख बजारमा छठका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ । यसैक्रममा पश्चिम नवलपरासीको सरावल–२ तिलौलीमा पनि छठ पुजा ब्यवस्थापन समिति र छठ व्रतालुहरुको सक्रियतामा पोखरी सरसफाइ कार्य आइतबार देखी सुरु भएको छ ।
छठ पुजा ब्यवस्थापन समितिको आयोजना तथा सरावल गाउँपालिकाको २ नम्बर वडा कार्यालय तथा सरावल गाउँपालिकाको सयुक्त सहयोगमा तिलौली छठ घाटमा वृहत सास्कृतिक कार्यक्रमको आयोजना गरि छठ पूजा गरिने समितिका अध्यक्ष शेष नरायन रायले जानकारी दिनुभयो ।
लोप हुन लागेको कला सस्कृतिलाई जगेर्ना गर्दै विगत चार बर्ष देखी तिलौली गाउको बीच पोखरीमा वृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको र यसबाट सामाजिक तथा धार्मिक सदभाव बढ्दै गएको समतिका सचिव टेक बहादुर हरिजनले बताउनुभयो ।
सरावल गाउँपालिका– २ मा मात्रै तिलौली, अत्रहटी, दगिंया, मनरी लगायतका नदी तथा पोखरीहरुमा छठ व्रत गर्ने व्रतालुहरुको भिड हुने गरेको छ । छठ पूजाका लागि राति पूजा स्थानमै बस्ने गरिन्छ ।
ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गर्छन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस