२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अवकाश प्राप्त स्वयम्सेविकाहरुलाई रामग्राम नगरपालिकाद्धारा सम्मानसहित बिदाई

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) ७३० पाठक संख्या

मोहन पौडेल
परासी, १७ कात्तिक । उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएका स्वास्थ्यस्वयम्सेविकाहरुलाई रामग्राम नगरपालिकाले सम्मानका साथ बिदाई गरेको छ । आज एक समारोहकाबीच अवकाश प्राप्त १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित नगरपालिकाले बिदाई गरेको हो ।
६० उमेर पुगेकाले १९ जना स्वयम्सेविकाहरु अवकाश हुनुभएको हो। उहाँहरुलाई अहिलेसम्म गरेको सेवाको कदर र आगामी दिनको उज्वल र सुखद् भविष्यको कामना गर्दै जनही रु पचास हजार नगद राशी, दोसल्ला र सम्मानपत्रसहित विदाई गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।
स्वयमसेविकाहरुको सेवा र योगदानलाई नगरपालिकाले उच्च मुल्यांकन गर्दै कदर गरेको उहाँले बताउनुभयो । अवकाश प्राप्त गरेपनि नगरपालिकासँगको सामिप्यता र अनुभवलाई आगामी दिनमा पनि निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
नगर उप प्रमुख रम्भा कुँवरले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । जनता र राष्ट्रको स्वास्थ्य अभियान क्रियाशिल भएर काम गर्दै आउनुभएका स्वयमसेविकाहरुलाई आफनो अनुभव र ज्ञानलाई बाँड्न पनि आग्रह गर्नुभयो ।
उक्त अवसरमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मी, स्वास्थ्य शाखा प्रमुख रामनरेश राय, हकुई स्वास्थ्य चौकीका ईन्चार्ज निजाय अहमद, पत्रकार हुसैन अंसारी, सुहाराका तीर्थ ढुङ्गाना, स्वास्थ्य स्वयसेविका सत्यवति मिश्रा, सिनियर अहेब बलराम सापकोटा, स्वास्थ्य शाखाका अनिल खड्का, सुरज गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस