२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावलमा पार्टी प्रवेश कार्यक्रम,५० जना एमालेमा प्रवेश

२०७८ कार्तिक १३, शनिबार प्रकाशित ( साल अघि) ९२७ पाठक संख्या

परासी, १३ कात्तिक । नेकपा एमाले सरावल गाउँकमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम आज सरावल–१ देवीनगरमा सम्पन्न भएको छ । एमाले सरावलका उपाध्यक्ष देवेन्द्र भट्टराईको अध्यक्षता तथा नेता खिमलाल पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सो क्षेत्रका ५० जना भन्दा बढी युवा एमालेमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।
मओवादी केन्द्र,नेपाली कांग्रेस,जसपा लगायत पार्टी परित्याग गरेर युवाहरु एमाले प्रवेश गरेको पार्टीका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो । मुलुकको विकास गर्ने र युवाको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेकोले यस पार्टीमा प्रवेश गरेको नवप्रवेशी युवाहरुले बताएका थिए ।
एमालेका युवा नेता राजकुमार श्रेष्ठको पहल तथा युवा समाजसेवी मीन बस्याल, अनेरास्ववियुका सहसंयोजक निरज खड्का, एमाले सरावल गाउँ कमिटी सदस्य ईश्वर पोखरेल(युनिक योद्धा)को विशेष सक्रियतामा युवाहरु एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि एमाले निकट ज्येष्ट कम्युनिष्ट मञ्चका नेता खिमलाल पोखरेलले एमालेले मात्रै यो मुलुकको कायपलट गर्न सक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य बिमला अर्याल, केन्द्रिय परिषद् सदस्य राजकुमार श्रेष्ठ, जिल्ला परिषद् सदस्य नारायण पाण्डे, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सागर बस्याल, राष्ट्रिय युवा संघका कार्यालय सदस्य तथा सुनवल ईन्चार्ज कमल गैह्रे, दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष तारा सुनार,गाउँपालिका कमिटी सचिव देवराज चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको एमाले सुनवल–१२ का वडा कमिटी अध्यक्ष लुमकान्त भुसालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस