२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सांसद कण्डेलद्धारा सरावल-४ मा सामुदायिक स्वास्थ्य ईकाई भवन शिलान्यास

२०७८ कार्तिक ८, सोमबार प्रकाशित ( साल अघि) ९९७ पाठक संख्या

मोहन पौडेल
परासी, ८ कात्तिक । पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेलले विदेशी नागरिकले नेपालीसँग विवाह गरेको सात वर्षपछि मात्र नागरिकता पाउने प्रावधान हटाउनुपर्ने बताउनुभएको छ ।
विदेशी नागरिक भएपनि विवाहपछि उ परिवारकै सदस्य हुने भएकोले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान हटाएर विवाह लगत्तै नागरिकता दिनुपर्ने उहाँले जोड दिनुभयो ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका-४ मा आज आयोजित ललितपुर सामुदायिक स्वास्थ्य ईकाई भवनको शिलान्यास तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कण्डेलले उक्त कुरा बताउनुभएको हो । नागरिकता नहुँदा धेरै युवाहरूको भविष्य अन्धकार भईरहेकोले सात वर्षे प्रावधान हटाएर नागरिकताको समस्या छिटो समाधान गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेता कण्डेलले नेकपाको दुई तिहाइको सरकारले देश चलाउन नसकेपछि कांग्रेस सरकारमा सहभागी भएको बताउनुभयो । उहाँले सरावल गाउँपालिकाको कार्यको प्रशंसा गर्नुभयो ।
धनेवा र झरहिनदिको उचित नियन्त्रण नहुँदा बाढीले दु:ख दिईरहेकोले ती दुई नदिको उचित व्यवस्थापनको योजना बनाएर समस्या समाधान गर्न पहल गर्ने उहाँले बताउनुभयो । उहाँले महेशपुर- भुताहा सडक दुई लेन बनाउन पनि पहल गर्ने बताउनुभयो ।
सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन पहल गरिरहेको बताउनुभयो । उहाँले
सरावलको वडा नं. ३,४ र ७ को स्वास्थ्य चौकीको डिपिआर अन्तिम चरणमा पुगेको बताउनुभयो ।
१५ शैय्याको अस्पताल निर्माणको लागि केन्द्र सरकारबाट आएको रु एक करोड बजेट केही व्यक्तिले विवाद सिर्जना गरि अस्पताल बनाउन नदिदाँ फ्रिज भएको उहाँले बताउनुभयो । आफूहरू गाउँपालिकाको चौतर्फी विकासको लागि लागिपरेको बताउनुभयो ।
सरावल गाउँपालिकाका अन्य सबै वडामा स्वास्थ्य चौकी रहेको तर वडा नं. ४ मा स्वास्थ्य चौकी नरहेकाले यश वडामा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । उक्त भवन निर्माणका लागि गाउँपालिकाले यश वर्ष रु२० लाख विनियोजन गरेको र डिपिआर तयार गरि स्वास्थ्य चौकी हुँदै अस्पतालको रुपमा स्तरोन्नति गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
सरावल-४ का वडा अध्यक्ष छोटेलाल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरी,प्रमुख प्रशासकीय अधिकृत पौडेल, नेपाली कांग्रेसका जिल्ला सहसचिव गजानन्द पटेल,सरावल गाउँ सभापति विनोद पाण्डे,नेकपा सरावलका सचिव रोहित गौड लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस