२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले पाल्हीनन्दन–५ को वडा कमिटी अध्यक्षमा युवा नेता अभिषेक राव

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित ( साल अघि) १०५१ पाठक संख्या

परासी, ५ कात्तिक । नेकपा एमाले पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ वडा कमिटीको अध्यक्षमा युवा नेता अभिषेक राव हरिजन निर्वाचित हुनुभएको छ । आज भएको वडा अधिवेशनबाट राव सर्वसम्मत रुपमा वडा कमिटीको अध्यक्ष चयन हुनुभएको हो ।
विद्यार्थी राजनीति गरेका र लामो समय एमालेको संगठीत सदस्य रहेका युवा नेता राव पहिलो पटक पार्टीको वडा कमिटी अध्यक्ष बन्नुभएको हो । कमिटीको उपाध्यक्षमा रघुनाथ बनिया,सचिवमा रिमा चौधरी, उपसचिवमा गितादेवी हरिजन, भगवती हरिजन लगायत रहनुभएको छ । १९ सदस्यीय वडा कमिटी गठन भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%

प्रतिक्रिया दिनुहोस