२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमालेको वडा र पालिका अधिवेशनको लागि सातै पालिकामा अध्यक्ष मण्डल र निर्वाचन समिति गठन

२०७८ कार्तिक १, सोमबार प्रकाशित ( साल अघि) १७९० पाठक संख्या

मोहन पौडेल
परासी , १ कार्तिक । नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले पार्टीको आसन्न वडा र पालिका अधिवेशनको लागि अध्यक्ष मण्डल र निर्वाचन समिति गठन गरेको छ ।
पार्टीको आज बसेको जिल्ला सचिवालय बैठकले वडा र पालिका कमिटीको अधिवेशन सम्पन्न गर्न पालिका स्तरीय अध्यक्ष मण्डल र निर्वाचन समिति गठन गरि जिम्मेवारी प्रदान गरेको हो ।
एमालेले देशैभर कार्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन सम्पन्न गर्दै छ। एमालेको बैठकले नवलपरासीका सातै पालिकामा अध्यक्ष मण्डल र निर्वाचन समिति गठन गरेको पार्टीका जिल्ला उपसचिव राजन कुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार रामग्राम नगरपालिकामा वीरेन्द्र यादवको अध्यक्षतामा श्याम बस्याल,लक्ष्मी क्षेत्री,राममिलन शहानी सदस्य रहेको अध्यक्ष मण्डल र रुदल यादवको संयोजकत्वमा धनपत यादव,मेघराज गौतम र बाबुराम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
सुनवल नगरपालिकामा सिन्धु जलेसाको अध्यक्षतामा बिमला अर्याल,थमनसिंह नेपाली र दधिराम अर्याल सदस्य रहेको अध्यक्ष मण्डल तथा सरस्वती सुवेदीको संयोजकत्वमा लेखनाथ खरेल , रेशम शर्मा , चुराबहादुर थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ भने बर्दघाट नगरपालिकामा दीपेन्द्र अधिकारीको अध्यक्षतामा पुण्य पौडेल, सरिता खनाल,धीरज शर्मा बस्याल,फुलकुमारी गिरी(सिमा) सदस्य रहेको अध्यक्ष मण्डल र सुभाष जिसीको संयोजकत्वमा राधा ढकाल,नारायण अधिकारी,गोपाल आले,रामकृष्ण पौडेल,उत्तमध्वज केसी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
गाउँपालिकातर्फ पाल्हीनन्दनको अध्यक्ष मण्डलमा राजु हरिजन अध्यक्ष र रिंगला यादव,प्रेमसागर दास पटनावर सदस्य तथा निर्वाचन समितिमा रबि खत्री संयोजक र बेचु गौड,स्वामिनाथ मौर्य सदस्य रहनुभएको छ भने सरावलको अध्यक्ष मण्डलमा भगवती भण्डारी अध्यक्ष र खिमलाल पोखरेल,सीता शर्मा,देवराज श्रेष्ठ सदस्य तथा निर्वाचन समितिमा सुशान्त घिमिरे संयोजक र दिनेश शहानी,कृष्णजीवन तिवारी सदस्य रहनुभएको छ ।
प्रतापपुरको अध्यक्ष मण्डलमा रामलखन हरिजन अध्यक्ष र दिपक शर्मा,तारासिंह थापा सदस्य तथा निर्वाचन समितिमा ईश्वरी घिमिरे संयोजक र दिनेश घिमिरे , खेमनारायण गुरौ सदस्य रहनुभएको छ भने सुस्ताको अध्यक्ष मण्डलमा अशोक ज्ञवाली/ तुलसी पासी अध्यक्ष र धनबहादुर गुरुङ ,नेतीराम चौधरी सदस्य तथा निर्वाचन समितिमा रामु अर्याल संयोजक, युवराज डुम्रे र सागर पाण्डे सदस्य रहनुभएको छ ।
वडा र पालिका अधिवेशनको लागि जिल्ला कमिटीले सामान्य मापदण्ड पनि तोकेको छ । जसअनुसार वडा कमिटी ३१ सदस्यीय र गाउँ नगर कमिटी ७५ सदस्यीय भित्र सीमित हुनुपर्नेछ भने अध्यक्ष,उपाध्यक्ष ,सचिव १/१ जना र उपसचिव २ गरि पाँच जनाको पदाधिकारीमा एक जना महिला अनिवार्य गरिएको छ । सबै खाले कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ ।
अधिवेशन अघि पार्टीको संगठित सदस्यता नवीकरणको विवरण कार्तिक २ गते बिहान १० बजे भित्र पेश गर्न निर्देशन गरिएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तुलसी पासीको अध्यक्षता तथा केन्द्रीय सदस्य ,लुम्बिनी प्रदेश कमिटी सहईन्चार्ज तथा जिल्ला ईन्चार्ज वैजनाथ चौधरीको प्रमुख आतिथ्य र नेताहरु खिमलाल पोखरेल,दीपेन्द्र अधिकारी,बद्री खनाल लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको पार्टीका जिल्ला सचिव थानप्रसाद गैरेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२%

प्रतिक्रिया दिनुहोस