२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

सुनवलमा माओवादी केन्द्रले सदस्यता विस्तार अभियान चलाउने

२०७८ आश्विन २०, बुधबार प्रकाशित ( साल अघि) ८७१ पाठक संख्या

सुनवल,२० असोज । नेकपा माओवादी केन्द्रले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सदस्यता विस्तार अभियान चलाउने भएको छ ।
पार्टीको आज सुनवलमा भएको विस्तारित बैठकले सदस्यता अभियानलाई व्यापक बनाउने निर्णय गरेको हो ।
नगर अध्यक्ष वीरबहादुर विकको अध्यक्षतामा भएको बैठकमा वडा कमिटीका अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए भने बडादशैँको शुभकामना आदानप्रदान गर्ने निर्णय पनि भएको नेकपा माओवादी केन्द्र सुनवलका नगर सचिव भोला पराजुलीले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला ईन्चार्ज घनश्याम यादवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा प्रदेश सदस्य सुर्य न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस