२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

काँग्रेस अधिबेशन : कावासोतीमा श्रेष्ठ नेतृत्वमा प्यानल घोषणा

२०७८ आश्विन ९, शनिबार प्रकाशित ( साल अघि) ६३६ पाठक संख्या

कावासोती,९ असोज  : नेपाली काँग्रेस कावासोती नगरपालिकाको अधिबेशनका लागि काँग्रेस युबा नेता अमृतकुमार श्रेष्ठको नेतृत्वमा उम्मेदवार हरुको प्यानलनै घोषणा गरिएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठलाई शनिबार साँझ काँग्रेस जिल्ला कार्यलयमा आयोजित एक।कार्यक्रमका बिच सभापतिको उम्मेदवार घोषणा गरिएको हो । सभापति पदका अर्का आंकाक्षि हेम प्रसाद पाण्डेले श्रेष्ठलाई सभापति पदको उम्मेदवार घोषणा गरेका थिए । श्रेष्ठको नेतृत्वको टिम अन्तर्गत उपसभापतिमा मुक्ती थापा पुलामी र जितबहादुर महतो सचिबमा लेखनाथ दवाडी र हरिबंश सुवेदी , सहसचिबमा पुष्पा देबि गुरौ र भिमबहादुर अधिकारी लाई उम्मेदवार घोषणा गरिएको छ । सभापतिका उम्मेदवार श्रेष्ठ नेबिसंघ , तरुण दल हुँदै कांग्रेस राजनितीमा आएका हुन् । साबिक शिबमन्दिर गाबिसमा काँग्रेसको सचिबको भुमिका समेत निभाएका श्रेष्ठ काँग्रेसको १३ औं महाधिवेशनमा कावासोती नगर सभापतिमा थोरै मत अन्तरले पराजित भएका थिए । श्रेष्ठलाई काँग्रेस महामन्त्री डा शशांक कोईराला , गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली , जिल्ला सभापती बिष्णु प्रसाद लामिछाने , प्रदेश सांसद ओमकला चालिसे , महासमिती सदस्य बिष्णुकुमार कार्की , कावासोतीका लोकप्रिय काँग्रेस नेता एबम् मेयरका उम्मेदवार महेन्द्र पोखरेल , महासमिती सदस्य श्याम श्रेष्ठ , काँग्रेस युबा नेता मनोहर पराजुली लगायतको समर्थन छ । घोषणा सभामा बोल्ने नेताहरुले काँग्रेसका कुशल संगठनकर्ता र कावासोतीमा काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण योगदान दिने श्रेष्ठलाई आफुहरुले स्वाभाविक रुपमा समर्थन गरेको बताए ।
घोषणा सभामा बोल्दै सभापतिका उम्मेदवार श्रेष्ठले आफु सभापती निर्बाचित भए आगामी स्थानिय निर्बाचनमा कावासोतीमा काँग्रेसले कावासोती नगरपालिकामा बिजयको झण्डा गाड्ने बताए । त्यसका लागि आफू निर्बाचित भएको दिन देखिनै योजना बनाएर काम थाल्ने उनले बताए । उनले आफू अन्तिम पटक सभापतिको उम्मेदवार भएको भन्दै आगामी अधिबेशनमा नयाँ पुस्तालाई अघि बढाउने प्रतिबद्द्ता ब्यक्त गरे । श्रेष्ठ अहिले मातृ शोकमा छन् । किरिया कर्ममै क्रममा रहेका श्रेष्ठले घोषणा सभामा उपस्थित भएर आफ्नो उम्मेदवारीको उदेश्य माथी प्रकाश पारेका थिए ।
कावासोतीमा नगर अधिबेशन असोज ११ गते हुँदैछ । अधिबेशनका लागि यस अघि नै सालिकराम ढकाल ले सभापतिमा प्यानल सहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालको प्यानल लाई काँग्रेस नेता महेन्द्रध्वज जिसि को समर्थन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस