२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अनेमसंघ क्रान्तिकारीद्धारा जिल्ला प्रशासन र स्थानीय तहलाई १२ बुँदे मागसहित ध्यानाकर्षण

२०७८ आश्विन ४, सोमबार प्रकाशित ( साल अघि) ८२३ पाठक संख्या

मोहन पौडेल
परासी , ४ असोज । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) ले पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय र सातै स्थानीय तहलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
महिलाको क्षेत्रमा सुनिश्चित गरिएका संविधान प्रदत्त अधिकार कार्यान्वयन र सुरक्षाको लागि १२ बुँदे मागसहितको ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारी र सातै स्थानीय तहका प्रमुखहरुलाई बुझाई ध्यानाकर्षण गराईएको अनेमसंघ( क्रान्तिकारी) नवलपरासीले जनाएको छ ।
अनेमसंघ क्रान्तिकारीले बुझाएको ज्ञापनपत्रमा स्वास्थ्य संस्था र शिक्षण संस्थाहरुको वरपर निश्चित दुरीसम्म धुम्रपान,मध्यपान गर्न तथा बिक्री वितरण गर्न रोक लथाउनुपर्ने, माध्यामिक तहसम्मको विद्यालयलाई किशोरी मैत्री वातावरण बनाउन किशोरीका लागि आराम कक्ष,छुट्टै शौचालय तथा सेनेटेरी प्याडको सहज व्यवस्था गर्नुपर्ने,पालिका भित्र रहेका माविमा एक जना स्टाफ नर्स राख्नुपर्ने माग गरिएको अनेमसंघ क्रान्तिकारीकि सुनवल नगर अध्यक्ष प्रतिभा कार्कीले जानकारी दिनुभयो ।
यस्तै आमाको नामबाट सहज रुपमा नागरिकता पाउने वातावरण निर्माणका लागि पहल गर्न,छोरा सरह छोरीलाई पनि पैत्रिक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागू गर्न,लैङि्गक उत्तरदायित्व अन्तरगत महिला तर्फ दस प्रतिशतको बजेट व्यवस्था गर्न,पालिकालाई महिला हिंसा मुक्त बनाई घोषणा गर्न,प्रत्येक स्थानीय तहमा अल्पकालीन आश्रय स्थल सेफ हाउस निर्माण गर्न पनि माग गरिएको छ ।
सबै गर्भवती महिलालाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउन ,हिंसा पीडित महिलाहरुको लागि न्यायिक समिति मार्फत न्याय दिन तथा छोरीको लागि जन्मेपछि खाताको व्यवस्था गर्दै मावि तहसम्मको शिक्षा नि: शुल्क प्रदान हुने व्यवस्था मिलाउन माग गरिएको अनेमसंघ क्रान्तिकारी पश्चिम नवलपरासीकि अध्यक्ष बबिता बिकले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस