२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पत्रकार महासंघको कल्याणकारी कोषमा देउराली प्रेसद्धारा एघार हजार सहयोग

२०७८ भाद्र २८, सोमबार प्रकाशित ( साल अघि) ९५८ पाठक संख्या

परासी, २८ भदौ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम जुटने क्रम जारी रहेको छ ।
यसैक्रममा देउराली सुचना तथा संचार केन्द्रद्धारा संचालित देउराली प्रेसले उक्त कोषका लागि रु ११ हजार उपलब्ध गराएको छ ।
यस भन्दा अगाडी पनि देउराली सुचना तथा संचार केन्द्रद्धारा नै संचालित देउराली फाउण्डेशनले नवलपरासी पश्चिममा बाढीबाट ज्यान गुमाएका परिवारका लागि ४४ हजार रुपैया उपलब्ध गराएको थियो । उक्त रकम नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको समन्वयमा घरमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । अमेरिकामा बस्ने नेपालीहरुको सहयोगमा संकलन गरिएको उक्त रकम अमेरिका निवासी सरु शर्माको पहलमा पठाइएको हो ।
कोषमा सुनवल स्थित लोटस रिसोर्टका सञ्चालक कृष्णप्रसाद पौडेलले पनि रु ५ हजार उपलब्ध गराउनुभएको थियो । कोषमा सहयोग रकम उपलब्ध गराउने क्रम जारी रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो ।
जिल्लाका पत्रकारहरूको सहयोगका लागि स्थापना गरिएको पत्रकार कल्याणकारी कोषमा सहयोग गर्न चाहने सहयोगी हातहरूका लागि प्रभु बैक परासी शाखामा रहेको कोषको चल्ती नं. ०५००१५१९३९५०००११ मा जम्मा गर्न सकिने गरी व्यवस्था मिलाइएको सचिव राज कुमार रेश्मीले जानकारी दिनुभयो ।
गत भदौ ११ गते आएको बाढीले जिल्लाका १४ जना पत्रकारहरू प्रभावित भएको र त्यसमध्ये ७ जना पत्रकार अति प्रभावित रहेको महासंघले जनाएको छ । कोष स्थापनाको पहिलो दिनमै लुम्बिनी दैनिक बुटवलबाट १० हजार, दौतरी एफएमबाट रु दस हजार , पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका कोषाध्यक्ष प्रकाश न्यौपाने र सहसचिव श्याम बुचा मगरले पाच पाच हजार उपलब्ध गराउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस