२०८२ फागुन ११, सोमबार
24 खबर अपडेट

कार्डस एग्रिकल्चर ईण्डष्ट्रिजद्धारा नवलपरासीमा बाढीबाट अति प्रभावितलाई आर्थिक सहयोग प्रदान

२०७८ भाद्र २८, सोमबार प्रकाशित ( साल अघि) ११४० पाठक संख्या

परासी, २८ भदौ । कार्डस एग्रिकल्चर ईन्डष्ट्रिज नवलपरासीको पहलमा पश्चिम नवलपरासीमा बाढीबाट अति प्रभावितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कार्डस एग्रिकल्चर ईन्डष्ट्रिजका सल्लाहकार एवं रेडियो दाउन्ने का कार्यकारी निर्देशक रामजी लौडारीको संयोजकत्वमा बर्दघाट नगरपालिका वडा नंं १४ का ४ घर परिवार,रामग्राम वडा नं. ६ का १९ घर परिवार र सुनवल नगरपालिका वडा नंं ४,१० र १२ का १५ घर परिवारलाई जनही रु तीन हजारको दरले राहत स्वरुप नगद सहयोग गरिएको हो ।
उक्त राहत रकम बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका कार्डस एग्रिकल्चर ईन्डष्ट्रिजका अध्यक्ष मोहन कार्की ,ईन्डष्ट्रिजका महासचिव एवं कतार नवलपरासी सेवा समाजका अध्यक्ष सजन लौडारी र नेप्लीज ब्रदर्स रुमको संयुक्त पहलमा संकलित रकम हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार रामजी लौडारीले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कार्डस शाखा सुनवलका व्यवस्थापक प्रतिभा कार्की, प्रभावित परिवार पत्रकार लगायतको सहभागिता रहेको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस