२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिको १६ औं पुर्ण बैठक नवलपरासीमा सम्पन्न

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित ( साल अघि) ६९३ पाठक संख्या

प्रदीप पाठक
परासी, १८ भदौ । विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)लुम्बिनी प्रदेश क्षेत्रीय समन्वय समितिको १६ औं पुर्ण बैठक नवलपरासीमा सम्पन्न भएको छ।
नेकपाका केन्द्रिय सदस्य ध्रबको प्रमुख आथित्यमा भएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रिय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले गर्नुभएको थियो।
बैठक आगामी असोज ६,७,८ गते हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप बसेको संगठनले जनाएको छ । बैठकले आगामी आन्दोलनका कार्यक्रम तयार पनि गरेको छ। सांगठनिक गतिविधि तथा संगठन निर्माणलाई तिब्रता दिदै पेट्रोलियम पदार्थको मुल्य वृद्धिको भन्डाफोर कार्यक्रम र सामुदायिक एवं निजि बिधालयले लिएको अनावश्यक मनोमानी शुल्कको बिरोधका कार्यक्रम अगाडि बढाउदै जाने निर्णय भएको केन्द्रिय एवं रुपन्देही इन्चार्ज रुपा बुढाले बताउनुभयो ।
बैठकमा लुम्बिनी समन्वय समिति अन्तर्गतका जिल्ला अध्यक्षहरुले जिल्लाको सांगठनिक रिपोर्टिङ गर्नु भएको थियो। बैठक नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी÷नवलपुर इन्चार्ज धु्रब नवलपरासीका सेक्रेटरी धिरज,संगठनका केन्द्रिय सदस्य एवं लुम्बिनी समन्वय समितिका संयोजक बिरेन्द्र विक,केन्द्रिय सदस्य एवं रुपन्देही इन्चार्ज रुपा बुढा लगायतको उपस्थित रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस