२०८३ कार्तिक १७, सोमबार
24 खबर अपडेट

जसपा र नेकपा माले परित्याग गरी युवाहरु राप्रपामा प्रवेश

२०८३ कार्तिक १७, सोमबार प्रकाशित (५ घण्टा अघि) ९३ पाठक संख्या

परासी,१६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपरासीमा विभिन्न राजनीतिक दल परित्याग गरी युवाहरू प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) र नेकपा मालेमा आबद्ध नेता तथा कार्यकर्ताहरू राप्रपामा प्रवेश गरेका हुन्।
राप्रपा नवलपरासीले परासीस्थित पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपा पाल्हीनन्दन गाउँपालिका सचिव अजयकुमार गुप्ता, पाल्हीनन्दन–३ का अखिलेश गुप्ता र ईश्वर चौहान तथा नेकपा मालेका मधु क्षत्री राप्रपामा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीहरूलाई राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य भरत पाण्डे, जिल्ला अध्यक्ष रामभवन यादव लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑