२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रु २९ लाखको अवैद्य हरियो मटर र खशी बरामद

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) ९१२ पाठक संख्या

मोहन पौडेल
परासी, २९ असार- अवैद्य रुपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको हरियो मटर नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले आज नियन्त्रणमा लिएको छ । प्रतापपुर गाउँपालिका—२ बाट भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर—५ तर्फ छ वटा पिकअपमा लैँजादै गरिएको १८ हजार किलो हरियो मटर प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको मटरको बजार मूल्य रु २२ लाख १४ हजार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । बिल नभएको र ठूलो परिमाणमा भेटिएकोले शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
बरामद मटर आवश्यक कारवाहीका लागि आजै महेशपुर भन्सार चलान गरिएको छ । तेस्रो मुलुकबाट आउने मटरको भारतमा बढी मूल्यमा बिक्री हुने भएकोले भारततर्फ चोरी निकासी हुने गरेको छ । मटर कारोबारीले मटरको गोदाम सीमा क्षेत्रमै बनाउने गरेकोले पनि प्रहरीलाई चुनोती रहेको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताउनुभयो ।
आजै जिल्लाको सेमरी क्षेत्रमा वेवारिसे अवस्थामा छ लाख ७५ हजार मूल्य बरावरका ४५ वछम खशी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद खशी पनि आजै भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा केही दिन अघि मात्रै सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक यादवले खुला सीमानाका कारण हुने चोरी तस्करी नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।
सीमित जनशक्ति र साधन स्रोतको बाबजुद सीमा क्षेत्रमा हुने अवैद्य आर्थिक क्रियाकलाप न्यूनीकरणमा प्रहरीले सक्रिय रहेको उल्लेख गर्दै उहाँले आम नागरिक र सरोकार पक्षहरुबाट पनि सहयोग अपेक्षा गरेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस