२०८३ भाद्र २७, शनिबार
24 खबर अपडेट

बर्दघाटमा पाँचौ जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठी : केछ आगामी कार्यक्रम र घोषणापत्रमा ?

२०८३ भाद्र २७, शनिबार प्रकाशित ( घण्टा अघि) २६ पाठक संख्या

मोहन पौडेल
परासी, २७ भदौ । विद्यालय तहबाटै मानवीय सेवा, नेतृत्व विकास र विपद् व्यवस्थापनको संस्कार विकास गर्ने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको आयोजनामा पाँचौँ जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठी बर्दघाटमा सम्पन्न भएको छ।
न्यू लाइफ सेकेण्डरी स्कूल बर्दघाट–४ को आतिथ्यमा शनिबार सम्पन्न गोष्ठीले जुनियर तथा युवा रेडक्रस अभियानलाई विद्यालयस्तरीय अतिरिक्त गतिविधिमा मात्र सीमित नराखी मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने गरी वार्षिक कार्ययोजना निर्माण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य एवं जिल्ला जुनियर÷युवा रेडक्रस समिति संयोजक घनश्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्लाका ५३ वटा जुनियर÷युवा रेडक्रस सर्कलको सहभागिता रहेको थियो। गोष्ठीमा विद्यार्थी तथा शिक्षक नायकहरूले वर्षभरि सञ्चालन गरिएका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका प्राथमिकता र कार्यक्रमबारे छलफल गरेका थिए।

5th2

गोष्ठीबाट प्रतियोगितात्मक कार्यक्रम, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका तालिम र रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरिएको जुरेस युरेस संयोजक यादवले बताउनुभयो । साथै आगामी वर्षको जिल्ला स्तरीय जुरेस, युरेस गोष्ठी बर्दघाटकै कुमुदिनी सेकेण्डरी स्कूलमा आयोजना गर्ने निर्णय गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
यस्तो छ वार्षिक कार्ययोजना

Received_2380879359108723

कार्यक्रमको उद्घाटनअघि बर्दघाट नगर क्षेत्रमा प्रभातफेरीसमेत आयोजना गरिएको थियो। गोष्ठीमा विद्यार्थीहरूका लागि प्राथमिक उपचार तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो । रेडक्रस अभियान मानवीय सेवासँग जोडिएको हुँदा विद्यार्थीलाई नेतृत्व, स्वयंसेवा, प्राथमिक उपचार र सामाजिक सेवाका गतिविधिमा सहभागी गराउनु गोष्ठीको मूख्य उद्देश्य रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताउनुभयो ।
“कार्ययोजनालाई विद्यालय–विद्यालयसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै रक्तदान, प्राथमिक उपचार, विपद् सचेतना, स्वयंसेवा र नेतृत्व विकासलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ”,अग्रहरीले भन्नुभयो ।
गोष्ठीलाई उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले समाजमा आइपर्ने आपत विपतमा रेडक्रस सहयोगी बनेर अगाडी बढेको बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै प्राथमिक उपचार सम्वन्धि ज्ञान र सीपदेखि नेतृत्वमा रहेर अनुशासन सँगै सेवाभावको काम सिकाउने पवित्र काममा जोडीएका सबै विद्यार्थीहरुलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।
उक्त अवसरमा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हेदर अलि मोमिन,जिल्ला उपसभापति कृष्ण प्रसाद लामिछाने,शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत सुवास गौतम,न्यू लाइफ माबिका प्रबन्ध निर्देशक डिबी अधिकारी, प्रधानाध्यापक सन्तोष अधिकारी,देवगाव उपशाखाका सभापति रामउग्र यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । जिल्लामा ६२ वटा जुरेस, युरेसमा ४ हजार ६ सय ५० जना बिद्यार्थीहरु आवद्ध रहेको रेडक्रसले जनाएको छ ।
यस्तो छ घोषणापत्र

Ghosana

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस