२०८३ बैशाख २१, सोमबार
24 खबर अपडेट

नवलपरासीका सातै पालिकामा रेडक्रसको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु : २४ गते उम्मेदवारी दर्ता,२६ गते मतदान

२०८३ बैशाख २१, सोमबार प्रकाशित ( घण्टा अघि) १११ पाठक संख्या

मोहन पौडेल
परासी, २१ वैशाख । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले पालिका स्तरीय शाखाको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । नेपाल रेडक्रस सोसाइटीको परिवर्तित विधान बमोजिम पहिलोपटक पालिका स्तरीय शाखाहरुको नेतृत्व निर्वाचन मार्फत गर्न लागिएको हो ।
जिल्लाका सातै पालिका शाखाको निर्वाचनका लागि यही वैशाख २६ गते एकै दिन मतदान गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जस अनुसार आज वैशाख २१ गते सोमबार सातै पालिकाको अधिवेशनमा सहभागि हुने मतदाताहरुको नामावली प्रकाशन गरिएको मूख्य निर्वाचन अधिकारी एवं नेपाल बार एसोसिएन नवलपरासीका अध्यक्ष अधिवक्ता रामकृष्ण पौडेलले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो । पालिका शाखामा उम्मेदवार हुन यही वैशाख २४ गते उम्मेदवारी मनोनयन गर्नुपर्ने छ । सर्वसम्मत नभए वैशाख २६ मा मतदान हुनेछ ।
रेडक्रसको परिमार्जित विधान अनुसार पालिका शाखा १५ सदस्यीय हुनेछ। जसमध्ये ११ जना निर्वाचनबाट चयन हुनेछन् भने एक जना निवर्तमान अध्यक्ष पदेन, एक जना पालिका प्रतिनिधि र दुई जना युवा समितिबाट मनोनीत हुने व्यवस्था छ । पालिका शाखा समितिमा अध्यक्ष एक जना, उपाध्यक्ष एक जना(महिला), सचिव एक जना,कोषाध्यक्ष एक जना, महिला सदस्य ३ जना र खुल्ला सदस्य ४ जना गरी ११ जना निर्वाचनबाट चयन हुने अधिवक्ता पौडेलले जानकारी दिनुभयो ।
रेडक्रसले पालिका अधिवेशन सम्पन्न गर्न बार एसोसिएसनमार्फत सातै पालिकामा निर्वाचन अधिकृतहरु खटाएको छ । मतदानका लागि सातै पालिकाका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ । मूख्य निर्वाचन अधिकारी पौडेलका अनुसार निर्वाचनका लागि रामग्राम नगरपालिका शाखाको लागि परासी क्याम्पस, सुनवल नगरपालिका शाखाको लागि रेडक्रस सुनवल उपशखाको कार्यालय रमवापुर, बर्दघाट नगरपालिका शाखाको लागि रेडक्रस बर्दघाट उपशखाको कार्यालयलाई मतदान केन्द्र तोकिएको छ ।
सरावल गाउँपालिका शाखाको लागि रेडक्रस बालपुरी उपशाखाको कार्यालय,पाल्हीनन्दन गाउँपालिका शाखाका लागि सिद्धार्थ मावि कुश्मा,प्रतापपुर गाउँपालिका शाखाका लागि त्रिभुवन मावि बेलाटारी र सुस्ता गाउँपालिका शाखाका लागि दिपेन्द्र मावि रतनगञ्जलाई मतदान केन्द्र तोकिएको छ । निर्वाचनका सबै कार्यक्रम सोही केन्द्रहरुमा सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन सम्पन्न गर्न बार एसोसिएसनले रामग्रामममा अधिवक्ता श्यामसुन्दर चौधरी, सुनवलमा अधिवक्ता चुराबहादुर थापा, बर्दघाटमा अधिवक्ता मित्रलाल लामिछाने, सरावलमा अधिवक्ता लक्ष्मण यादव, पाल्हीनन्दनमा अधिवक्ता मनोज कुमार नागवंशी, प्रतापपुरमा अधिवक्ता श्रद्धासुमन आचार्य र सुस्तामा अधिवक्ता रामजीप्रसाद उपाध्यायलाई मतदान अधिकृतको रुपमा खटाएको छ ।
पालिका शाखा संरचनाः
कुल १५ सदस्यीय समिति
११ जना निर्वाचनबाट
१ जना निवर्तमान अध्यक्ष (पदेन)
१ जना पालिका प्रतिनिधि
२ जना युवा समितिबाट मनोनीत

निर्वाचनबाट चयन हुने पदहरूः
अध्यक्षः १
उपाध्यक्ष (महिला)ः १
सचिवः १
कोषाध्यक्षः १
महिला सदस्यः ३
खुला सदस्यः ४

मतदान केन्द्रहरूः
रामग्रामः परासी क्याम्पस
सुनवलः रेडक्रस सुनवल उपशाखा (रमवापुर)
बर्दघाटः रेडक्रस बर्दघाट उपशाखा
सरावलः रेडक्रस बालपुरी उपशाखा
पाल्हीनन्दनः सिद्धार्थ मावि, कुश्मा
प्रतापपुरः त्रिभुवन मावि, बेलाटारी
सुस्ताः दिपेन्द्र मावि, रतनगञ्ज

निर्वाचन तालिका

Re2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस