२०८२ बैशाख १७, बुधबार
24 खबर अपडेट

मोतीलाल क्याम्पसको पन्ध्रौ वार्षिकोत्सव तथा क्याम्पससभा : शैक्षिक र भौतिक विकासमा प्रगति गर्दै

२०८१ फागुन ११, आईतबार प्रकाशित ( महिना अघि) ३९४ पाठक संख्या

मोहन पौडेल
परासी, ११ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरास्थित समुदाय स्तरबाट सञ्चालित मोतीलाल बहुमुखी क्याम्पसले शैक्षिक तथा भौतिक विकासमा प्रगति हासिल गर्न थालेको छ । नियमित आयस्रोतको चुनौतीका बाबजुद क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्दै भौतिक विकासमा समेत सुधार गर्दै अघि बढेको छ ।
क्याम्पसको आईतबार सम्पन्न १५ औँ वार्षिकोत्सव तथा क्याम्पस सभामा उक्त जानकारी गराईएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह अन्र्तगत मानविकी र व्यवस्थापन संकायका कक्षा सञ्चालन गरिरहेको मोतीलाल बहुमुखी क्याम्पसले हालै प्रकाशित व्यवस्थापन संकायतर्फको चौथो वर्षको नतिजामा उक्त क्याम्पसका विद्यार्थी नवीन न्यौपानेले ७८.६ प्रतिशत अंक हासिल गरी लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् । न्यौपानेले तेस्रो वर्षको नतिजामा समेत ७६ प्रतिशत अंक हासिल गरी प्रदेशमै उत्कृष्ट भएका थिए ।
मानविकी संकायतर्फ पनि चौथो वर्षमा अध्यनरत यमजीत मल्लले ६७ प्रतिशत अंक हासिल गर्दै जिल्लामै उत्कृष्ट हुन सफल भएको क्याम्पस प्रमुख तोयनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपाने र मल्ललाई क्याम्पसले वार्षिकोत्सवको अवसरमा सम्मान गरेको थियो । व्यवस्थापन संकाय चौथो वर्षमा ५५ प्रतिशत र मानविकी संकाय चौथो वर्षमा ६५ प्रतिशत विद्यार्थी उत्र्तीण गराउन क्याम्पस सफल भएको छ । क्याम्पसमा हाल साढे दुई सय विद्यार्थी अध्ययनरत छन् ।
समय सापेक्ष सबल, सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने सोचका साथ क्याम्पसले विद्यार्थीका लागि व्यवस्थित पुस्तकालय तथा ई–लाईव्रेरी,प्रोजक्टर मेथडबाट अध्यापन, स्थानीय बैंकहरुमा ईन्टर्नशिपको व्यवस्था एवं बेसिक कम्प्युटर कोर्सको शुरुवात गरेको छ । उच्च शिक्षाप्रतिको न्यून आकर्षण,बेरोजगारी समस्या,बैदेशिक रोजगारी तथा अध्ययनको मोह,विद्यार्थी आकर्षित हुने समय सापेक्ष विषय नहुनु तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बाध्यात्मक परिस्थतिका बाबजुद उच्च जनघनत्व,प्रतिबद्ध सञ्चालक समिति,सक्षम प्राध्यापक,समुदायको साथ र सहयोगका कारण क्याम्पसले पछिल्लो समय शैक्षिक र भौतिक विकासमा प्रगति गर्न थालेको क्याम्पस प्रमुख न्यौपानेको भनाई छ ।
मोतिलाल बहुमुखी क्याम्पसलाई जिल्लाकै नमूना शैक्षिक धरोहरको रुपमा विकास गर्न दीर्घकालिन रणनीतिक योजना बनाएर अघि बढ्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष लेखनाथ खरेलले बताउनुभएको छ । सीमित स्रोत र साधनकाबीच न्यून शुल्कमै सर्वसुलभ उच्च शिक्षा प्रवाहको मूल उद्देश्य राखेको यस सामुदायिक क्याम्पस सञ्चालनका लागि आर्थिक तथा प्राविधिक चुनौतीका बाजुद उच्च शिक्षाको क्षेत्रमा गर्विलो उपस्थिति निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो । भौतिक विकास विना प्रतिस्पर्धी संस्थाको रुपमा अघि बढाउन नसकिने भएकोले सञ्चालक समितिको ध्यान भौतिक विकासमा केन्द्रीत रहेको अध्यक्ष खरेलको भनाई थियो ।
मोतीलाल क्याम्पसको स्थापनार्थ वि.स.२०६५ सालमा सञ्चालित धनधान्याञ्चल महायज्ञबाट दुई तले भवन निर्माण गरिएको थियो भने विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त रकमबाट अर्काे दुई तले भवन बनाईएको छ । सुनवल नगरपालिकाको सहयोगबाट ट्रष्ट र चमेनागृह निर्माण गरिएको छ भने नगरपालिकाकै सहयोगबाट बस समेत खरिद गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले क्याम्पस सञ्चालनका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सबै क्षेत्रको साथ र सहयोगबाट मात्रै शैक्षिक सुधार गर्न सकिने बताउँदै जिसस प्रमुख यादवले विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका सदैव साथमा रहेको सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताउनुभयो । नगरपालिकाले यस वर्ष पनि नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेको जानकारी गराउँदै मेयर अर्यालले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नगरपालिका प्रतिबद्ध भएर लागिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सुनवल नगर अध्यक्ष मोहन कार्की,प्राध्यापक भोजराज पौडेल, आजिवन सदस्य यमजीत मल्ल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने अध्यक्ष खरेलको वार्षिक प्रतिवेदन,उपाध्यक्ष माधव पाण्डेयको जग्गा व्यवस्थापन उपसमितिको प्रतिवेदन, क्याम्पस प्रमुख न्यौपानेको शैक्षिक तथा आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक तारा पाण्डेयको लेखा सुपरीवेक्षण प्रतिवेदन सभाले पारित गरेको प्राध्यापक चुरामणि भण्डारीले जानकारी दिनुभयो । उक्त अवसरमा क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडिहरुलाई पुरस्कृत समेत गरिएको प्राध्यापक लेखनाथ न्यौपानेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस