परासी, २६ माघ । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाको अध्यक्षमा पत्रकार गौरीशंकर जयसवाल निर्वाचित हुनुभएको छ । चौतारी जिल्ला शाखाको आज परासीमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले जयसवालको नेतृत्वमा सर्वसम्मत नौ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।
नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा सुरेश यादव र आरती राना, सचिवमा कल्पना खरेल,सहसचिवमा अभिषेक राव हरिजन र सुनयना चौधरी तथा कोषाध्यक्षमा महेश यादव निर्वाचित हुनुभएको निर्वाचन संयोजक एवं प्रेस चौतारी नेपाल नवलपरासीकी ईन्चार्ज दीपु पोखरलले जानकारी दिनुभयो ।
यसैगरी सदस्यमा टेक हरिजन तथा अमृता विक, केन्द्रिय प्रतिनिधिमा मेघराज गौतम र माया पाण्डेय(विष्णुमाया),प्रदेश प्रतिनिधिमा प्रमोद अर्याल निर्वाचित हुनुभएको चौतारीले जनाएको छ ।
प्रेस चौतारी नवलपरासीका निवर्तमान अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा भएको उक्त अधिवेशनको संगठनका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
Pal1